
एलन मस्कले ट्विटरको हालको मूल्य २० अर्ब अमेरिकी डलर रहेको बताएका छन् । यो मूल्य मस्कले पाँच महिनाअघि मात्र यो सोसल मिडिया प्लाटफर्मका लागि तिरेको ४४ अर्ब डलरभन्दा आधा हो ।
यो मूल्य ‘स्न्यापच्याट’को मूल कम्पनी ‘स्न्याप’ (१८.२ बिलियन डलर) वा ‘पिन्टेरेस्ट’को (१८.७ बिलियन डलर) भन्दा केही मात्र बढी हो । तेस्लाइङ्क र एयरोस्पेस ग्रुप स्पेसएक्सका प्रमुख कार्यकारीसमेत रहेका मस्कले ट्विटरले आफ्ना कर्मचारीलाई हरेक ६ महिनामा सेयर नगद गर्न अनुमति दिने बताएका छन् ।
‘ट्विटरले यस्तो गम्भीर वित्तीय कठिनाइहरूको सामना गर्नुपर्यो कि एक बिन्दुमा यो चरम आर्थिक संकटको संघारमा पुगेको थियो,’ आन्तरिक इमेलमा मस्कले ट्विटरको मूल्यमा भएको भारी संकुचनको वर्णन गर्दै लेखेका छन् ।