१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत १२ आइतबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ चैत १२ आइतबार o८:५४:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सुनचाँदी व्यवसायलाई घरेलु उद्योगमा विकास गर्न सकिन्छ : राष्ट्रपति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ चैत १२ आइतबार o८:५४:oo

राष्ट्रपति रामचन्द्र पौडेलले सुनचाँदी व्यवसायलाई घरेलु उद्योगका रूपमा विकास गर्न सकिने बताएका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघका पदाधिकारीसँगको भेटमा राष्ट्रपति पौडेलले घरेलु उद्यमका रूपमा सुनचाँदी व्यवसायलाई विकास गर्न सकिए लाभ लिन सकिने बताएका हुन् । अध्यक्ष माणिकरत्न शाक्य नेतृत्वको टोलीसँगको भेटमा राष्ट्रपति पौडेलले मुलुकको वर्तमान आर्थिक अवस्थाले चिन्तित बनाएको बताए  ।  

राष्ट्रपति पौडेलसँगको भेटमा महासंघका अध्यक्ष शाक्यले आर्थिक विकास र समृद्धिका लागि सुनचाँदी व्यवसायीका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । अध्यक्ष शाक्यले भने, ‘कच्चा पदार्थको अभावमा व्यवसायीले समस्या झेल्नुपरेको छ ।

पर्याप्त कच्चा पदार्थको आयात सुनिश्चित गरी नेपाली गरगहनाको निर्यात प्रवद्र्धनमा ध्यान दिनुपर्छ ।’ पछिल्लो समय उच्च ब्याजदरका कारण उद्यमी–व्यवसायी एवं सर्वसाधारण ऋणीमा गम्भीर असर गरेको भन्दै उहाँले त्यसतर्फ पनि राज्यले ध्यान दिन सक्नुपर्ने धारणा व्यक्त गरे ।