मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ चैत १० शुक्रबार १४:५७:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

चिनियाँ पर्यटकको नेपाल बसाइ लम्ब्याउने नीति ल्याउन व्यवसायीको माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ चैत १० शुक्रबार १४:५७:००

पर्यटन व्यवसायीले चिनियाँ पर्यटकको नेपाल बसाइ लम्ब्याउन, सडक पूर्वाधारको विकास गर्न र मजबुत पर्यटन नीति बनाउन माग गरेका छन् ।

चीन सरकारले नेपाललाई दोस्रो गन्तव्य देशको सूचीमा राखेकाले नेपाल घुम्न आउने चिनियाँ पर्यटक वृद्धि हुने भन्दै व्यवसायीले बसाइ लम्ब्याउन र पूर्वाधार निर्माणमा जोड दिन माग गरेका हुन् । कोभिड– १९ महामारीको कारण चीन सरकारले चिनियाँ नागरिकलाई विदेश घुम्न रोक लगाएको थियो । तर, केही दिनअघि मात्रै चीन सरकारले आफ्ना नागरिकका लागि नेपाललाई गन्तव्य मुलुकको दोस्रो सूचीमा राखेको छ ।

चिनियाँ नागरिकका लागि गन्तव्य मुलुकको पहिलो सूचीमा थाइल्यान्डलगायत अन्य मुलुक परेका छन् । नेपालमा सन् २०१९ सम्म चिनियाँ पर्यटकको आगमन उल्लेख्य मात्रामा रहेको थियो । तर, कोरोना महामारीको कारण चिनियाँ पर्यटक आगमन कम हुँदै आएको छ ।

पर्यटन व्यवसायीले न्युज एजेन्सी नेपाललाई प्रतिक्रिया दिँदै निजी क्षेत्र नेपाल आउने पर्यटकलाई सेवा दिन भौतिक संरचनालगायत अन्य सेवाका लागि तयारी अवस्थामा रहेको बताए । पर्यटन व्यवसायी सुदर्शन नेपालले चिनियाँ पर्यटक आउँदा होटेल, गाइडहरूले प्रत्यक्ष रूपमा लाभ लिनुका साथै नेपाली उत्पादनहरूसमेत बढी खपत हुने बताए ।

त्यस्तै, अर्का होटेल व्यवसायी अभिषेक साहले सरकारले चीनका पर्यटक ल्याउन नियमित रूपमा चीन–नेपाल हवाई उडानको व्यवस्था गर्नुपर्ने बताए । निजी क्षेत्रले चार्टर उडानको व्यवस्था गर्न सक्ने गरी सरकारले सहजीकरण गर्नुपर्ने उनको भनाइ छ ।