मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ चैत १० शुक्रबार
  • Wednesday, 02 September, 2026
नयाँ पत्रिका मकवानपुर
२o७९ चैत १० शुक्रबार १३:o२:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

हेटौँडा सिमेन्टको उत्पादन फेरि बन्द

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, मकवानपुर
नयाँ पत्रिका
२o७९ चैत १० शुक्रबार १३:o२:oo

सरकारी स्वामित्वमा सञ्चालनमा रहेको हेटौँडा सिमेन्ट उद्योगले आजदेखि उत्पादन बन्द गरेको छ।

सिमेन्ट उत्पादनका लागि आगो बाल्ने मेसिन (भट्टी) मा प्राविधिक समस्या आएपछि आजदेखि सो उद्योगको उत्पादन बन्द भएको उद्योग व्यवस्थापनले जनाएको छ। 

सो मेसिनको मर्मत प्रक्रिया सुरु भएको र आगामी एक हप्तामा मर्मत भई पुनः सञ्चालनमा आउने सो उद्योगका नायब महाप्रबन्धक नवीनकुमार कर्णले जानकरी दिए।

उद्योगको मेसिन तथा उपकरण धेरै पुरानो भएकाले बिग्रिने र प्राविधिक समस्या आउने गरेको उनको भनाइ छ।

विगतमा उद्योगका लागि चाहिने कोइलाको समस्या थियो, तर हाल कोइलाको समस्या नरहेको बताउँदै उनले बोलपत्र आह्वानमार्फत बाह्य मुलुकबाट कोइला आयात भइरहेको जानकारी दिए।

सो उद्योगमा अहिले दैनिक एक सय १० टन कोइला खपत भइरहेको छ। साथै हेटौँडा सिमेन्ट उद्योगमा गोदाममा रहेको सिमेन्टको प्याकिङ गर्ने तथा बिक्री–वितरण गर्ने काम भइरहेको उद्योग व्यवस्थापनले जनाएको छ। अहिले उद्योगबाट दैनिक करिब १४ हजार बोरा सिमेन्ट उत्पादन भइरहेको छ।

उद्योगका लागि पर्याप्त मात्रामा चुनढुंगाको मौज्दात रहेको बताइएको छ। नेपाल सरकारद्वारा ०३२ सालमा स्थापना भएको सो उद्योगले ०४३ सालदेखि व्यावसायिक रूपमा  सिमेन्टको उत्पादन सुरु गरेको थियो। हाल त्यहाँ करिब तीन सय जनशक्ति रहेकाे छ। रासस