लागुऔषध ब्राउनसुगरसहित एक युवा पक्राउ

बिहिबार, ९ चैत, २०७९
डिजिटल संस्करण

दैलेखमा ब्राउनसुगरसहित एक युवा पक्राउ परेका छन् । दैलेखको नारायण नगरपालिका– ८ तर्ताङ बस्ने २५ वर्षीय दीपक थापा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ । प्रहरीले गोप्य सूचनाको आधारमा नारायण नगरपालिका– १ नयाँबजार देवकोटा चोकबाट उनलाई पक्राउ गरेकाे हाे ।

प्रहरी टोलीले चेकजाँच  गर्दा उनले लगाएको जिन्स पाइन्टको पछाडिको बायाँ पकेटमा रातो प्लास्टिकमा कालो धागोले बाँधेको अवस्थामा लागुऔषध ब्राउनसुगरजस्तो देखिने खैरो धुलो पदार्थ प्लास्टिकसहित ४४० एम.जी. र प्लास्टिकबाहेक ३५० एम.जी.सोही पाइन्टको दायाँ पकेटमा फेला पारेको प्रहरी निरीक्षक दीपकसिंह विष्टले जानकारी दिए । पक्राउ परेका थापाविरुद्ध थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । 

See More On

सुझावित समाचार