मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ चैत ८ बुधबार १५:२६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पेट्रोल सेवन गर्दा दोलखामा २१ महिने बालकको मृत्यु

Read Time : < 1 मिनेट
२०७९ चैत ८ बुधबार १५:२६:००

दोलखाको कालिञ्चोक गाउँपालिकामा एक नाबालकको पेट्रोल सेवनबाट मृत्यु भएको छ । जिल्लाको सिँगटी बजारमा व्यवसाय गर्दै आएका कालिञ्चोक– ९ सुन्द्रावतीका मुरारी सेढाईंका २१ महिने छोरा सक्षम सेढाईंको पेट्रोल सेवनबाट मृत्यु भएको हो ।

बुधबार बिहान करिब १० बजे घरमा राखेको पेट्रोल बालकले सेवन गरेका थिए । बाबु मुरारीले बाइकमा पेट्रोल हालेर पाइपसहित कोठामा राखेको पेट्रोल बालकले सेवन गरेको परिवारले जनाएको छ ।

पेट्रोल सेवनबाट बेहोस भएका बालकलाई सिँगटी अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि धुलिखेल अस्पताल, दोलखा अस्पतालमा ल्याइएको थियो । उपचारका क्रममा बालकको मृत्यु भएको दोलखा प्रहरीले जनाएको छ । मृतक बालकको शव हाल अस्पतालमै राखिएको छ ।