१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार १६:२६:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

समस्या समाधानको पहल नगरे होटेल व्यवसाय बन्द गर्ने हानको चेतावनी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १६:२६:oo

होटेल संघ नेपाल (हान)ले व्यवसायीका समस्या समाधानका लागि पहल नगरे व्यवसाय बन्द गर्ने चेतावनी दिएको छ । बिग्रँदो अर्थतन्त्रसँगै मुलुकको होटेल क्षेत्र धराशायी बनेको भन्दै हानले समस्या समाधानका लागि सरकारले पहल नगरे होटेल बन्द गर्ने चेतावनी दिएको हो ।

सोमबार ललितपुरमा हानको पत्रकार सम्मेलनमा हानका प्रथम उपाध्यक्ष विनायक शाहले बैंक तथा वित्तीय संस्थाहरूबाट होटेल व्यवसाय प्रवर्द्धन र विकासका लागि प्रवाह भएका ऋणका साँवाब्याज भुक्तानीमा थेग्नै नसकिने अवस्था आएको बताए । सरकारका नीति निर्माताहरू, सम्बद्ध सरकारी निकायलगायत नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाहरूमा बढ्दै गएको समस्या समाधानका लागि गरिएको पटकपटकको बैठक, ज्ञापनपत्र, सुनुवाइलगायतका प्रयासबाट हालसम्म कुनै वाञ्छित नतिजा नआएको उनको भनाइ छ ।

पछिल्लो समय चालू खर्चसमेत धान्न नसक्ने गरी होटेलहरू घाटामा सञ्चालित रहेको साहले बताए । उनले राष्ट्रिय वार्षिक बजेटभन्दा बढी परिमाणको लगानी भइसकेको होटेल क्षेत्रलाई सरकारले उद्योगसरहको मान्यता नदिनु खेदजनक रहेको उल्लेख गरे ।

त्यस्तै, संघकी अध्यक्ष सिर्जना राणाले सरकारले बनाउने नीति–नियमले होटेल क्षेत्रलाई उपेक्षा गरेको बताइन् । सरकारले होटेल व्यवसाय सबै फस्टाएर पर्यटन व्यवसाय सामान्य अवस्थामा आयो भने पनि त्यस्तो नभएको उनको भनाइ छ ।
 

ad
ad