मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत ६ सोमबार
  • Saturday, 11 January, 2025
२o७९ चैत ६ सोमबार १२:o२:oo
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

यसरी बन्छ राम्रो म्युजिक भिडियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ चैत ६ सोमबार १२:o२:oo

आजकल मानिसहरू म्युजिक भिडियोप्रति आकर्षित हुँदै गइरहेका छन् । कलाकारलाई क्षमता प्रदर्शन गर्ने गतिलो प्लेटफर्म म्युजिक भिडियो बनेको छ । म्युजिक भिडियोबाट कतिपय कलाकारले सिनेमामा फड्को मारेका छन् भने कतिपयले यही पेशाबाट आफ्नो जीवन धानिरहेका छन् । म्युजिक भिडियो मेकिङमा पनि परिवर्तन आएको छ । कलाकार तथा प्राविधिकहरूलाई पनि राम्रो पारिश्रमिक मिलिरहेको छ । 

निर्देशकको भूमिका 
दर्शकले बुझ्ने गरी निर्देशकले गीतको भावलाई सरल र सिलसिलेवार रुपमा दृश्यमा देखाउँछन् । त्यसैले, निर्देशकसँग गीतको भाव बुझ्न सक्ने क्षमता हुनुपर्छ । गीतका शब्दलाई भिडियोमा प्रस्टसँग बुझाउन सक्नुपर्छ । त्यस्तै, म्युजिक भिडियो निर्देशकले संगीतलाई पनि राम्रोसँग बुझेको हुनुपर्छ । क्यामेराको ज्ञान पनि हुनुपर्छ ।

कलाकारलाई गीतको टाइमिङसँग अभिनय गराउन सक्नुपर्छ । निर्देशकसँग गीतको कथानुसार ‘कन्सेप्ट’ तयार गरेर भिडियोमा चित्रण गर्ने ज्ञान हुनुपर्छ । निर्देशकमा सिर्जनात्मक क्षमता हुनैपर्छ । म्युजिक भिडियो राम्रो बन्नका लागि दक्ष छायाँकार पनि चाहिन्छ । गीतको कथा र निर्देशकको डिमान्डअनुसार छायांकन गर्न सक्न छायाँकार हुनुपर्छ । दृश्य सम्पादकको पनि उत्तिकै महत्वपूर्ण भूमिका हुन्छ । 

अडियो राम्रो हुनुपर्छ 
अहिले गीत सुन्नेभन्दा पनि हेर्ने चलन बढेको छ । भिडियो राम्रो बन्न गीतको अडियो पनि राम्रो हुनुपर्छ । राम्रो गीतको झुर भिडियो बन्यो भने पनि त्यो गीत फ्लप नहुन सक्छ । तर, गीत नै नराम्रो छ भने भिडियो जति राम्रो भए पनि हिट हुन सक्दैन ।