कोशी प्रदेशले गर्ने लगानी सम्मेलन चार महिना पछि सरेको छ । ११ देखि १३ माघमा विराटनगरमा आयोजना गर्ने तयारी गरिएको लगानी सम्मेलन अब १८ र १९ वैशाख ०८२ मा हुने भएको हो ।
आवश्यक तयारी नभएको भन्दै बिहीबार बसेको कोशी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले लगानी सम्मेलन आगामी वैशाखमा सार्ने निर्णय गरेको प्रवक्ता तथा आन्तरिक मामिलामन्त्री रेवतीरमण भण्डारीले जानकारी दिए ।
कोशी प्रदेश लगानी प्राधिकरणमार्फत सम्मेलनका लागि दुई अर्ब ५१ करोडका ६ वटा कृषिसँग सम्बन्धित, एक अर्ब १७ करोडका दुईवटा जलविद्युत् आयोजना, ६२ अर्ब ६५ करोडबराबरका आठ उद्योग, २४ अर्ब ४३ करोडबराबरको पूर्वाधार निर्माण, ४७ करोडको डाटा सेन्टर, फोहोर व्यवस्थापनका लागि ५० करोडको एक र १३ अर्ब १२ करोडबराबरका ११ वटा पर्यटनसम्बन्धी आयोजना सो केसका लागि तयारी गरिएको थियो ।