मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत ५ आइतबार
  • Wednesday, 18 December, 2024
२o७९ चैत ५ आइतबार १८:o५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

महेश रावल हिमा गाउँपालिकाकै उत्कृष्ट प्रधानाध्यापक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ चैत ५ आइतबार १८:o५:oo

जुम्लाको हिमा गाउँपालिका– २ कोइरेलीस्थित हिमा आधारभूत विद्यालयका प्रधानाध्यापक महेश रावल गाउँपालिकाकै उत्कृष्ट प्रधानाध्यापक बन्न सफल भएका छन्।

उमेरले पालिकाकै सबैभन्दा कान्छा प्रधानाध्यापक रावल सबैभन्दा उत्कृष्ट घोषित भएका हुन्। एक औपचारिक कार्यक्रमबीच प्रधानाध्यापक रावललाई गाउँपालिकाले सम्मान गरेको छ।

हिमा गाउँपालिकामा एक आवासीय विद्यालयसहित २१ वटा सामुदायिक विद्यालय छन्। यिनैमध्येबाट कार्यसम्पादनका आधारमा उत्कृष्ट घोषणा गरेर उनलाई सम्मान गरिएको गाउँपालिका अध्यक्ष लक्ष्मण शाहीले बताए।

चन्दननाथ नगरपालिका– ७ मिचागाउँ स्थायी घर भएका रावलले २०६५ सालमा गाईगोठजस्तो अवस्थाबाट सुरु भएको विद्यालयको सुधार गर्दै नमुना विद्यालय बनाउन सफल भएका हुन्। कुशल नेतृत्व र अभिभावकको सहयोगले प्रधानाध्यापकमध्ये उत्कृष्ट नतिजाको प्रतिफल प्राप्त भएको रावलको भनाइ छ।

प्रधानाध्यापक रावल भन्छन्, ‘स्थापनाकालमा १ देखि ३ कक्षासम्म मात्रै अनुमति प्राप्त थियो। अहिले ५ कक्षासम्म अनुमति लिएर सञ्चालन गर्दै आएका छौँ।’ सुरुमा १५ जना विद्यार्थी मात्रै रहेको विद्यालयमा अहिले ११२ विद्यार्थी छन्।

‘स्थानीय सामग्रीलाई शिक्षण क्रियाकलापमा प्रयोग गर्ने गरेका छौँ। विद्यार्थीलाई विभिन्न खेल विधि प्रयोग गरी शिक्षण कार्य गर्ने गरिएको छ,’ प्रधानाध्यापक रावलले भने।