१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत ५ आइतबार
  • Wednesday, 26 June, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७९ चैत ५ आइतबार ११:१६:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ चैत ५ आइतबार ११:१६:oo

- गर्मी मौसममा ‘वाटरप्रुफ’ (पानीले नबिगार्ने मेकअप) गर्न आवश्यक छ । किनकि, यो मौसममा पानी र पसिनाले मेकअप बिग्रने जोखिम रहन्छ । गाजल र मस्काराजस्ता मेकअपका सामान ‘वाटरपु्रफ’ प्रयोग गर्नुपर्छ । 

- बाहिर हिँड्दा वा मेकअप गर्नुभन्दा अगाडि सनब्लक प्रयोग गर्नुपर्छ । घामबाट बच्न मोस्चराइजर प्रयोग गर्न सकिन्छ । 

- सकभर ‘हेभी मेकअप’ गर्नुहुँदैन । गर्मीमा पसिनाका कारण झन् धब्बा देखिने हुन सक्छ । जस्तै, आँखामा गाजलको सट्टा हल्का आइस्याडो, वाटरप्रुफ वा म्याट मस्कारा लगाउन सकिन्छ । 

हेयर स्टाइल
- गर्मीको मौसममा लामो कपाल पाल्दा झन्झटिलो हुन सक्छ । लामो समयसम्म बाँधेर हिँड्नुपर्ने भएकाले टुक्रिने डर हुन्छ । त्यसैले लामो कपाल हुनेले बाहिर हिँड्दा हलुकासँग बाँध्ने र घरमा रहँदा खुलै छाड्ने गर्दा राम्रो हुन्छ । 

- गर्मी याममा हावा चल्ने र धुवाँ–धुलो उड्ने भएकाले कपाल सुक्खा वा फुस्रो देखिन्छ । यसर्थ, स्टाइलिस कपाल रुचाउनेले छोटो कपाल अर्थात् ‘समर कट’ गर्दा बेस हुन्छ । यसले व्यवस्थापनमा सहजतासँगै फेसनेबल देखाउनसमेत मद्दत गर्छ । 

ad
ad
ad
ad