मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ चैत ५ आइतबार १०:५५:००
Read Time : < 1 मिनेट
Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ चैत ५ आइतबार १०:५५:००

हिजोआज साइक्लिङ गर्नेको संख्या बढ्दो छ । सहरी क्षेत्रमा साइकल गुडाउँदा हेल्मेट र मास्क अनिवार्य लगाउनुपर्छ । हेल्मेटले तपाईंको टाउकोको सुरक्षा गर्छ, त्यस्तै मास्कले प्रदूषणबाट जोगाउँछ । धुलो–धुवाँ धेरै उड्ने ठाउँको साटो तपाईंले प्रदूषणरहित र शान्त क्षेत्रमा साइकल चलाउनु राम्रो हुन्छ । साइकलसवारीका मानसिक तथा शारीरिक फाइदा धेरै छन् । यसले मानिसलाई निरोगी बनाउन सहयोग गर्छ । 

स्वस्थ मुटु : नियमित साइकल चलाउँदा मुटुरोग, स्ट्रोक र उच्च रक्तचापको जोखिम कम हुन्छ । 

फिटनेस : साइकल चलाउँदा तपाईंको मांसपेशी बलियो हुन्छ । शरीरको लचिलोपन बढ्छ । यसले समग्र शरीरको कसरत गराउँछ । साइकल चलाउँदा पर्याप्त क्यालोरी खर्च हुन्छ र तौल नियन्त्रणमा सहयोग पुग्छ । साइकल चलाउँदा पछिल्तिरका हड्डी सक्रिय रहने हुनाले ढाड र गर्दनको दुखाइबाट समेत राहत पाउन सकिन्छ । 

तनाव कम हुन्छ : साइकल चलाउँदा मानिसको मस्तिष्क निकै सक्रिय रहन्छ । अन्य साइडबाट आइरहेका गाडी र मानिसलाई सचेततापूर्वक नियालेर साइकल गुडाइने भएकाले तपाईंको ध्यानशक्ति बढेर जान्छ । यसले तपाईंको मुडमा पनि सुधार ल्याउँछ । तपाईंलाई थप ऊर्जावान् महसुस गर्न सहयोग गर्दछ । 

पाचन प्रणालीमा सुधार : दैनिक करिब २० मिनेट साइक्लिङ गर्दा शरीरमा हजार क्यालोरी खपत हुन्छ । तपाईंको पाचन प्रणाली सुधार हुन्छ । त्यसपछि आफूलाई मन परेको खानाको मज्जा लिन सकिन्छ । 

पर्यावरणमैत्री : साइकल सवारी पर्यावरणमैत्री छ । यसमा इन्धन आवश्यक पर्दैन । त्यसैले तपाईंको स्वास्थ्य मात्रै नभएर वरपरको वातावरणलाई स्वच्छ राख्न पनि यसले भूमिका खेल्छ ।