१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
एजेन्सी साल्भाडोर
२०७९ चैत ३ शुक्रबार १०:३२:००
Read Time : < 1 मिनेट
विश्व प्रिन्ट संस्करण

एकैपटक दुई  हजारलाई जेल हालियो

Read Time : < 1 मिनेट
एजेन्सी, साल्भाडोर
२०७९ चैत ३ शुक्रबार १०:३२:००

 एल साल्भाडोरको सरकारले बुधबार गुन्डागर्दीका सन्दिग्ध गिरोहका थप दुई हजार सदस्यलाई एउटा ठूलो जेलमा पठाएको छ । देशका न्यायमन्त्रीले अब उनीहरू कहिल्यै सडकमा नफर्किने वाचा गरेका छन् । उक्त कारागारमा पहिले नै दुई हजार बन्दीलाई राखिएको छ ।

राष्ट्रपति नायब बुकेलेको प्रशासनले गुन्डागर्दीविरुद्धको १३ महिनाको अभियानमा दसौँ हजारलाई पक्राउ गरेको छ । पक्राउ परेकामाथि कठोर कारबाही हुने चेतावनी दिइएको छ । गत तीन सय ५४ दिनमा करिब ६५ हजार सन्दिग्ध पक्राउ परेका छन् । मानव अधिकार समूहहरूले भने पक्राउ परेकाहरू दुव्र्यवहारको सिकार भएका र निर्दाेष मानिस पनि प्रहरी कारबाहीमा परेका बताएका छन् ।

सरकारले सामाजिक सञ्जालमा सार्वजनिक गरेको भिडियोमा हत्कडी लगाइएका ठूलो संख्याका कैदीबन्दीलाई स्थानान्तरणका क्रममा खाली खुट्टा दौडिन लगाइएको देखिन्छ । उनीहरूले सेतो सर्ट मात्र लगाएका छन् । त्यसपछि उनीहरूलाई खाली जमिनमा बस्न बाध्य पारिएको छ । सरकारका न्याय एवं शान्तिमन्त्री गुस्ताभो भिल्लाटोरोले गुन्डागर्दीमा संलग्नहरू अब कहिल्यै सडकमा नफर्किने वाचा गरेका छन् । 

यद्यपि, गिरफ्तार गरिएकामध्ये करिब ५७ हजार औपचारिक अभियोगको प्रतीक्षामा छन्, जसमध्ये हालसम्म करिब तीन हजार पाँच सय मात्र रिहा भएका छन् । गत मार्च २७ मा देशभर एकै दिन ६२ जना मारिएपछि राष्ट्रपति बुकेलेले गुन्डागर्दीमा संलग्न गिरोहहरूलाई पक्राउ गर्न निर्देशन दिएका थिए । सडक गिरोहहरूले लामो समयदेखि एल साल्भाडोरका बासिन्दालाई मार्ने र रकम लुट्ने गर्दै आएका छन् । गुन्डागर्दीविरुद्धको अभियान थालिएपछिका दुई सय दिनमा कुनै पनि नागरिक गिरोहको आक्रमणबाट मर्नुपरेको छैन ।