१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७९ चैत ३ शुक्रबार ०७:५५:००
Read Time : < 1 मिनेट
Read Time : < 1 मिनेट
२०७९ चैत ३ शुक्रबार ०७:५५:००

पछिल्लो एक महिनायताको नेपाली क्रिकेट टोलीको यो सफलताको र रहस्य के हो ?
यसको मुख्य रहस्य भनेकै राष्ट्रियताको हो । प्रशिक्षक या अन्य कसैले चाहँदैमा ५–७ हप्तामा कुनै चमत्कार गर्न सक्ने होइन । त्यसैले, यो सफलताको मुख्य रहस्य भन्नु नै हाम्रा खेलाडीहरूमा रहेको राष्ट्रियताको भावना र बलियो ‘टिम स्पिरिट’ नै हो । हाम्रा कतिपय खेलाडी भारतमा खेलेर आएका भए पनि उनीहरूमा बलियो राष्ट्रिय भावना छ । तर, युएई या अन्य कतिपय राष्ट्रका अधिकांश खेलाडी ‘माइग्रेन्ट’ भएकाले उनीहरूमा राष्ट्रियताको भावना कमजोर छ । त्यसैले, हामी मनोवैज्ञानिक रूपमा बलिया थियौँ । त्यसैको परिणाम हो आजको यो जित । 

ग्लोबल क्वालिफायरमा पुगेपछि नेपाली क्रिकेटलाई  कस्तो फाइदा पुग्न सक्छ ?
यसले सबैभन्दा पहिले नेपाली क्रिकेटमा देखिँदै आएको विवादलाई मत्थर बनाउन सक्छ । हाम्रा खेलाडीलाई आगामी जुन–जुलाईमा जिम्बाब्बेमा आयोजना हुने ग्लोबल क्वालिफायरमा सहभागी भइसकेपछि अर्को ठुलो सफलताका लागि मनोवैज्ञानिक रूपमा तयार गर्न थप सहज हुनेछ । नेपाली क्रिकेटको स्तर थप उँचो हुनेछ । 

नेपाली टिमको यो सफलतामा नवनियुक्त प्रशिक्षकको भूमिकालाई कसरी मूल्यांकन गर्नुहुन्छ ?
मोन्टी देसाईं नेपाली क्रिकेटलाई निकै नजिकबाट चिनेका र नेपाली खेलाडीको मनोविज्ञानलाई राम्ररी बुझेका प्रशिक्षक हुनुहुन्छ । त्यसले गर्दा उहाँ नेपाली क्रिकेटमा सजिलै ‘एडजस्ट’ हुनुभयो र नेपाली टोलीमा तालमेल मिलाउन सक्नुभयो । खेलाडीसित उहाँको ‘ट्युनिङ’ राम्रै मिलेको देखिन्छ । आगामी दिनमा यसको थप प्रभाव देखिन सक्छ ।