१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १८:४३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

गुणस्तरीय शिक्षाका नाममा देशबाट दुई खर्ब बाहिरिन्छ : प्याब्सन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १८:४३:oo

शिक्षा आर्जनका लागि नेपालबाट करिब दुई खर्ब बाहिरिने गरेको निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)का अध्यक्ष डिके ढुंगानाले बताएका छन्। बुधबार काभ्रेको धुलिखेलमा आयोजित प्याब्सन काभ्रेको जिल्ला भेलामा ढुंगानाले गुणस्तरीय शिक्षा आर्जनको नाममा यत्रो रकम बिदेसिने गरेको बताएका हुन्।

गत आर्थिक वर्षमा शिक्षाका लागि एक खर्ब ९६ अर्ब बाहिरिएको उनले बताए। अभिभावकले चाहेमा सो रकम स्वदेशमै खर्च गर्न सक्ने उनको भनाइ छ। ‘गत आर्थिक वर्षको तथ्यांक हेर्दा शिक्षाका लागि नेपालबाट एक खर्ब ९६ अर्ब बाहिरिएको तथ्यांक छ,’ उनले भने, ‘अब गुणस्तरीय शिक्षाका लागि विदेशमा लगानी गर्नुपर्दैन। स्वदेशमै अन्तर्राष्ट्रियस्तरको शिक्षा प्राप्त गर्न सकिने शैक्षिक संस्था तयार भइसकेका छन्।’

शिक्षाका नाममा बिदेसिने रकम रोक्नका लागि सरकार पनि तयार हुनुपर्ने ढुंगानाको भनाइ छ। शिक्षा क्षेत्रमा प्याब्सनको ठूलो योगदान रहेको जिकिर गर्दै उनले निजी तथा आवासीय विद्यालयले देशमा ३१ लाख विद्यार्थीलाई शिक्षा प्रदान गरिरहेको बताए। विद्यार्थीलाई शिक्षासहित प्याब्सनले साढे ३ लाख मानिसलाई रोजगारी पनि दिएको उनले उल्लेख गरे।

ad
ad