मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ चैत १ बुधबार
  • Wednesday, 02 September, 2026
नयाँ पत्रिका काठमाडौं
२o७९ चैत १ बुधबार १७:२o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

यादवलाई समर्थन गर्ने कांग्रेसको निर्णयविरुद्ध एमालेको उजुरी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ चैत १ बुधबार १७:२o:oo

नेकपा एमालेले उपराष्ट्रपति निर्वाचनको शून्य समयमा मत मागेर नेपाली कांग्रेसले आचारसंहिताको गम्भीर उल्लंघन गरेको जनाएको छ। एमाले सचेतक महेश बर्तौलाले विज्ञप्ति जारी गर्दै कांग्रेसको निर्णयले निर्वाचनको मर्यादा, स्वच्छ्ता र निष्पक्षतालाई  कमजोर बनाएको बताएका हुन्।

चैत ३ गते हुने उपराष्ट्रपतिको निर्वाचनको लागि मंगलबार राति १२ बजेदेखि शून्य समय प्रारम्भ भइसकेको छ। बुधबार मात्रै कांग्रेसले जसपाका उम्मेदवार रामसहाय यादवलाई समर्थन गर्ने निर्णय गरेको छ।

‘शून्य समयमा कुनै पनि उम्मेदवारको पक्षमा मत माग्नु, निर्वाचनलाई प्रभावित गर्ने गरी उम्मेदवारको पक्षमा निर्णय गर्नु वा प्रचार गर्नु निर्वाचन आचारसंहिताविपरीत हुन्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘...नेपाली कांग्रेसले गरेको निर्णयले उपराष्ट्रपतिजस्तो गरिमामय पदको निर्वाचन आचारसंहिताको गम्भीर उल्लंघन भएको छ। यसले निर्वाचनको मर्यादा, स्वच्छ्ता र निष्पक्षतालाई समेत कमजोर बनाएको छ।’

आचारसंहिता उल्लंघन हुने गरी  निर्णय गर्ने नेपाली कांग्रेसलाई कारबाहीको दायरामा ल्याउन एमालेले निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ। यसबारेमा निर्वाचन आयोगमा उजुरीसमेत दर्ता गरेको एमाले उम्मेदवार अष्टलक्ष्मी शाक्यको निर्वाचन प्रतिनिधिसमेत रहेका बर्तौलाले जानकारी दिए।