मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत १ बुधबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ चैत १ बुधबार १o:३१:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

बस्नेतले पाए ‘श्री शंकरलाल गोल्ड मेडल अवार्ड २०७९’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ चैत १ बुधबार १o:३१:oo

जगदम्बा स्टिल्स लिमिटेडका संस्थापक शंकरलाल अग्रवालको नाममा स्थापना गरिएको ‘श्री शंकरलाल गोल्ड मेडल अवार्ड २०७९’ संवत बस्नेतलाई प्रदान गरिएको छ । बस्नेतको शैक्षिक उत्कृष्टताका लागि इन्जिनियरिङ अध्ययन संस्थानको ५७औँ वार्षिक उत्सवको अवसरमा ०७९ जगदम्बा स्टिल्स लिमिटेडले प्रदान गरेको हो ।

 पुरस्कारमा पदक, प्रमाणपत्र र नगद ५१ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ । कार्यक्रममा उपस्थित प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ शाखाका डिन, प्राध्यापक शशिधरराम जोशी, थापाथली क्याम्पसका कार्यकारी क्याम्पस प्रमुख डा. खेम ज्ञवाली र जगदम्बा स्टिल्स लिमिटेडका अपरेसन एन्ड मार्केटिङ निर्देशक रवि प्रकाशले बस्नेतलाई उक्त पुरस्कार प्रदान गरेको जनाइएको छ ।

१९८० को दशकबाट उद्यमशीलताको यात्रा सुरु गरेका अग्रवाल नेपालको ख्यातिप्राप्त उद्योगीका साथै परोपकारी कार्यका लागि पनि परिचित रहेको कम्पनीले जनाएको छ ।