मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ चैत १ बुधबार
  • Sunday, 13 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ चैत १ बुधबार o८:o३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

हतियार देखाएर माओवादीले धम्क्याइरहेको ओलीको आरोप

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ चैत १ बुधबार o८:o३:oo

एमाले अध्यक्ष केपी ओलीले सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रले राष्ट्रिय मानव अधिकार आयोगलाई धम्क्याइरहेको आरोप लगाएका छन् । एमाले सम्बद्ध मानवअधिकार क्षेत्रको जनसंगठन मानवअधिकार एलाइन्सको बृहत् राष्ट्रिय सम्मेलनको मंगलबार उद्घाटन गर्दै ओलीले यसप्रति असन्तुष्टि पनि जनाएका छन् । 

‘नेपालको राजनीतिको एउटा पक्ष छ, जसले आफूलाई भनेजस्तो भएन भने मानव अधिकार आयोगलाई पनि धम्की दिन्छ । मानव अधिकार आयोगलाई घेराबन्दी गर्छन्, तर्साउँछन्, धम्क्याउँछन्’, ओलीले भने, ‘खुलेआम हाम्रा खुकुरीमा खिया लागेको छैन, बन्दुकमा खिया लागेको छैन भन्छन् ।’ ओलीले बुद्ध जन्मिएकाे देश भएको हुनाले नेपाल कहिले पनि संयुक्त राष्ट्रसंघको बडापत्र, विश्वव्यापी घोषणापत्रविपरीत मृत्युदण्डको पक्षपाती हुन नसक्ने बताए ।

एमाले पोलिटब्युरो सदस्य पार्वत गुरुङले एलाइन्समा आबद्ध मानव अधिकार रक्षक सामाजिक न्याय, समानता र जनताको अधिकार रक्षाको पक्षमा दृढतापूर्वक उभिनुपर्नेमा जोड दिए । दुईदिने राष्ट्रिय सम्मेलनमा सात सय ५३ वटै स्थानीय तहबाट मानव अधिकार रक्षक सहभागी छन् ।