मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०८० जेठ २४ बुधबार
  • Wednesday, 07 June, 2023
नयाँ पत्रिका काठमाडौं
२०७९ फाल्गुण ३० मंगलबार १६:४३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मत माग्न लोसपा कार्यालय पुगे उपराष्ट्रपतिका उम्मेदवार यादव 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ फाल्गुण ३० मंगलबार १६:४३:००

उपराष्ट्रपतिका उम्मेदवार रामसहाय यादवले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)काे कार्यालय पुगेर मत मागेका छन्। 

उनले बबरमहलस्थित लोसपा पार्टी कार्यालयमा पुगेर वरिष्ठ नेता राजेन्द्र महतोसँग आफूलाई सहयोग गर्न आग्रह गरेका हुन्। 

नेता महतोले आफू संघीयता पक्षधर रहेको र उपराष्ट्रपतिका साझा उम्मेदवारप्रति सकारात्मक रहेकाे प्रतिक्रिया दिएको यादवले बताए। उपराष्ट्रपतिकाे निर्वाचन यही चैत ३ गते हुँदै छ। निर्वाचन आयाेगले आज राति १२ बजेसम्म मात्रै प्रचारप्रसार गर्न पाइने जनाएकाे छ।