मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ फाल्गुण ३० मंगलबार
  • Friday, 11 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७९ फाल्गुण ३० मंगलबार १६:१३:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

प्रतिभावान् खेलाडीलाई समेटेर राष्ट्रिय टोली निर्माण गर्छु : प्रशिक्षक भिन्सेन्जो 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ फाल्गुण ३० मंगलबार १६:१३:oo

नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त प्रशिक्षका भिन्सेन्जो अल्बर्टो एनिसले नेपालमा भएको खेलाडीलाई समेट्दै राष्ट्रिय टोलीको निर्माण गर्ने बताएका छन्। 

मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले मुख्य प्रशिक्षक सार्वजनिक गर्न आयोजना गरेको कार्यक्रममा इटालियन प्रशिक्षका भिन्सेन्जो अल्बर्टो एनिसले चलिरहेको सहिद स्मारक ए डिभिजन लिग र विगतका खेलबाट उनीहरूले गरेको प्रदर्शनको आधारमा टिम निर्माण गर्ने बताए। 

राष्ट्रिय टोलीका अधिकांश खेलाडी पलायन भएको अवस्थामा टोली सम्हाल्न नेपाल आएका भिन्सेन्जोले जारी सहिद स्मारक ए डिभिजन लिग र विगतका प्रतियोगितामा खेलेका खेलाडीलाई समेट्दै टोली बनाउने बताए। 

प्रशिक्षक भिन्सेन्जोले प्रशिक्षक बन्नका लागि अवसर खोजिरहेको र तीन वर्षदेखि नेपाली फुटबल पछ्याइरहेकाले नेपाली आउन चाहेकोसमेत बताए। 

भारतीय आई लिगमा नेपाली खेलाडीको प्रतिभा देखेको र चलिरहेको ए डिभिजन लिगमा पनि आफूले सम्भावना बोकेका खेलाडी भेटेकोसमेत बताए। 

नेपालले नवनियुक्त मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसको प्रशिक्षणमा नेपालले पहिलो घरेलु मैदानमा नेपाल, लाओस र भुटान सम्मिलित अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दै छ।

प्रशिक्षक भिन्सेन्जोलाई एन्फाले मासिक तलबबाहेक खाने–बस्ने र आउने–जाने व्यवस्था गरेको गरेको छ। प्रशिक्षकका लागि आवश्यक पर्ने बजेट हालका लागि एन्फाको आन्तरिक स्रोतबाट व्यवस्था गरिएको छ। प्रशिक्षककाे सम्झौता एक वर्षका लागि गरिएको हो।