१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २३ आइतबार o७:३३:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

उपाध्यक्ष शाहीलाई झुक्याउँदै फिफा कंग्रेसमा विष्ट पुगे

फिफाको ७३औँ कंग्रेसमा एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ, महासचिव किरण राई र उपाध्यक्ष विराटजंग शाहीको नाम सिफारिस भएको थियो । नेम्वाङले शाहीको स्थानमा केन्द्रीय सदस्य मणिराज विष्टलाई रुवान्डा लगेका छन् ।

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o७:३३:oo

अखिल नेपाल फुटबल संघ एन्फाका उपाध्यक्ष विराटजंग शाही सोमबार फिफा कंग्रेसको बैठकमा सहभागी हुन परिवारसँग बिदा हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । भिसा लगाएको छापसहितको पासपोर्ट र टिकटसाथ त्रिभुवन विमानस्थलमा पुगेका शाहीको होसहवास त्यति वेला उड्यो, जुन वेला उनले टर्किस एयरको टिकटअनुसार चेक इन काउन्टरमा आफ्नो नामै पाएनन् । एन्फाले फिफा कंग्रेसमा भाग लिन शाहीको स्थानमा केन्द्रीय सदस्य मणिराज विष्टलाई 
पठाएको छ । 

एन्फाले नै फिफा कंग्रेसको बैठकमा उपाध्यक्ष शाहीसहित अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईको नाम सिफारिस गरेको थियो । तर, सोमबार बिहान विमानस्थलमा उनले आफ्नो नाम फिफा कंग्रेसमा सहभागीको सूचीबाट हटिसकेको थाहा पाए । पछिल्लो समय एन्फा अध्यक्ष नेम्वाङको कार्यशैलीको विरोध गर्दै आएका शाहीको नाम निकालेर एन्फाले केन्द्रीय सदस्य विष्टको नाम समावेश गरेको हो । कंग्रेसमा नेम्वाङ, राई र विष्ट सहभागी हुन रुवान्डा उडे । तर, उपाध्यक्ष शाही भने हातमा टिकट र भिसा हुँदाहुँदै पनि विमानस्थलबाट अपमानित भएर घर फर्के । 

यससँगै एन्फाको आन्तरिक राजनीतिक किचलो विश्व फुटबलको सर्वाेच्च निकायसम्म मुछिएको छ । फिफाको ७३औँ कंग्रेस रुवान्डामा बिहीबार आयोजना हुँदै छ । ‘आज घरबाट श्रीमती र घरपरिवारबाट बिदा भई एयरपोर्ट गएँ । चेकिङ काउन्टरमा गएपछि थाहा पाएँ, मेरो नाम त हटाइसकेको रहेछ,’ शाहीले नयाँ पत्रिकासँग भने, ‘किन र कसरी मेरो नाम हटाइयो भन्ने विषयमा जानकारी छैन ।’

निर्वाचनमा सँगै हिँडेका शाही अहिले विपक्षी
एन्फाका निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पाले शाहीको अपमान मात्रै नभएर फुटबलको बदनामको शृंखला भएको संज्ञा दिएका छन् । ‘सुशासनको नाममा कुशासनको चपेटामा एन्फा फसेको छ, यो अपमान मात्रै होइन, फुटबलको बदनामको शृंखला नै भएको छ,’ शेर्पाले भने । नयाँ पत्रिकासँग सम्पर्कमा आएको एन्फाका महासचिव राईले यस विषयमा आफूलाई केही थाहा नभएको भन्दै पन्छिए । 

ad
ad