१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण २९ सोमबार
  • Friday, 05 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ फाल्गुण २९ सोमबार १४:o५:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

‘रिट’ले विभाजित माओवादीलाई एकताबद्ध हुन मद्दत पुगेकाे छ : प्रधानमन्त्री 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ फाल्गुण २९ सोमबार १४:o५:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूविरुद्ध मुद्दा दर्ता हुँदा माओवादीलाई एकताबद्ध हुन मद्दत पुगेको बताएका छन्।उनले मुद्दा दर्तासम्बन्धी रिट पर्नुलाई आफूले शान्तिसम्झौतासम्बन्धी ऐनलाई अघि बढाउनुपर्ने कामका रूपमा लिएको बताए। 

सोमबार एकीकृत अखिल नेपाल शिक्षक संगठन केन्द्रीय समितिको छैटौँ राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले अदालतको फैसला पनि शान्तिसम्झौताभन्दा बाहिर नगएकाले चिन्तित हुनुपर्ने अवस्था नरहेको जिकिर गरे। 

प्रधानमन्त्री प्रचण्डले विस्तृत शान्तिसम्झौता र त्यसका हस्ताक्षरकर्ता वा नेतृत्वकर्तामाथि कसैले नकारात्मक सोच राखेर नकारात्मक क्रियाकलाप गरे त्यो सफल नहुने दाबी गरे। 

उनले भने, ‘अहिले पनि कहीँ कतैबाट विस्तृत शान्तिसम्झौता र त्यसका हस्ताक्षरकर्ता वा नेतृत्वकर्तामाथि कसैले नकारात्मक सोच राखेर नकारात्मक क्रियाकलाप गरे त्यो सफल हुँदैन। जनता नै सफल हुन्छन्। इतिहास जनताले लेख्ने हाे। अस्तिको केही विस्तृत शान्तिसम्झौतामाथि अध्यक्ष र प्रधानमन्त्री नै केही हुन लागेको हो कि भनेर देशभर ठूलो तरंग पैदा भयो। यो हामीलाई सहयोग गर्ने कुरा नै भइरहेको छ भन्ने थियो। विभाजित माओवादीलाई एक ठाउँमा आऊ, छिटोभन्दा छिटो ऐन अघि बढाऊ भन्ने बुझेँ, तत्काल मन्त्रिपरिषद् बोलाएर संसदमा दर्ता गराएँ। अदालतको फैसला पनि शान्तिसम्झौताभन्दा बाहिर गएन, त्यसको पक्षमा नै आयो। हामी चिन्तित हुनुपर्दैन, तर सतर्क हुनुपर्छ।’

ad
ad
ad
ad