Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७९ फाल्गुण २८ आइतबार ०७:४८:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

रोनाल्डोसँग रिसाए समर्थक

अल नासेरका समर्थकले हार सहजै स्विकार्न सकेनन् । उनीहरूले खेलपछि रंगशालामा होहल्ला मात्र गरेनन्, खेलाडीमाथि बोतलसमेत प्रहार गरे । रोनाल्डोले सहज गोल अवसर गुमाएपछि समर्थक रिसाए ।

Read Time : < 1 मिनेट
२०७९ फाल्गुण २८ आइतबार ०७:४८:००

पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोआबद्ध अल नासेर साउदी प्रो लिगमा अल इतिहादसँग १–० ले पराजित भयो । अल इतिहादको जितमा ब्राजिलियन स्ट्राइकर रामोरिन्होले खेलको ८०औँ मिनेटमा निर्णायक गोल गरेका थिए । रोनाल्डोको खेल हेर्न र नासेर क्लबलाई समर्थन गर्न पुगेका हजारौँ दर्शक अन्तिम नतिजासँगै निराश बने । 

अल नासेरका समर्थकले हार सहजै स्विकार्न सकेनन् । उनीहरूले खेलपछि रंगशालामा होहल्ला मात्र गरेनन्, खेलाडीमाथि बोतलसमेत प्रहार गरेका थिए । अझ अल नासेरको समर्थकका दाबीअनुसार क्लब पराजित हुनुको पछाडि रोनाल्डो नै मुख्य जिम्मेवार थिए । प्रतिस्पर्धामा रोनाल्डोले सहज गोल अवसर गुमाएका कारण नै उनका समर्थक रिसाएका थिए । दुबईमा रोनाल्डो उत्कृष्ट फर्ममा रहेको लुकाउनुपर्दैन ।

पछिल्ला सात खेलमा आठ गोल गरेका थिए । साउदी प्रो लिगमा इतिहादसँगको प्रतिस्पर्धामा रोनाल्डोबाट यस्तै प्रदर्शनको आशा लिएर करिब ४० हजार समर्थक रंगशालामा उपस्थित भएका थिए । एकपछि अर्को सहज गोल अवसर चुकाएका रोनाल्डो डे«सिङ रुमतर्फ जाँदै गर्दा समर्थकले बोतल प्रहार गरे । स्वयं रोनाल्डो पनि नतिजाबाट दुःखी छन् । उनले समर्थकलाई धन्यवाद दिएका छन् । 

रोनाल्डोले एक दिनअघि मात्र मेसीलक्षित कमेन्ट गरेका थिए । च्याम्पियन्स लिगको प्रिक्वार्टरफाइनलबाट पिएसजी बाहिरिएपछि मेसीलाई एक बालकले जस्तो बल प्रहार गरेको भनी रोनाल्डोले तिखो प्रतिक्रिया दिएका थिए । ‘यो प्रहार मेसीको जस्तो भएन, यो एक बालकले बल प्रहार गरेको जस्तो भयो,’ मेसीप्रति व्यंग्य गर्दै रोनाल्डोले लेखेका छन्, ‘मेरो नजरमा मेसी बच्चा नै हो ।’