मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ फाल्गुण २७ शनिबार १५:४१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जसपाका उम्मेदवार रामसहायविरुद्ध उजुरी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ फाल्गुण २७ शनिबार १५:४१:००

एमालेले जसपाका उपराष्ट्रपति उम्मेदवार रामसहाय यादवविरूद्ध उजुरी दिएको छ। यादवविरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिइएको एमाले सांसद महेश बर्तौलाले जानकारी दिए।

एमालेले उपराष्ट्रपतिमा महिला हुनुपर्ने संवैधानिक व्यवस्था रहेको जिकिर गर्दै रामसहायविरूद्व उजुरी दिएको हो। जसपाले पुरूष उम्मेदवारमा कानुनी अड्चन आउने आकलनका साथ महिला उम्मेदवारका रूपमा प्रमिलाकुमारी यादवलाई पनि उपराष्ट्रपति उम्मेदवार बनाएको छ।

निर्वाचन अधिकृतको कार्यालयले ६ बजेसम्म दाबी विरोधको सूचना दिने समय दिएको छ। उजुरीमाथि भोलि १२ बजेसम्म छानबिन गर्ने समय छ।