मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण २६ शुक्रबार
  • Wednesday, 18 December, 2024
२o७९ फाल्गुण २६ शुक्रबार o८:१४:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

नेवार समुदायमा पण्डित अभाव

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ फाल्गुण २६ शुक्रबार o८:१४:oo

काठमाडौंबाट पण्डित ल्याएर चितवनमा व्रतबन्ध र बेलविवाह

चितवनमा नेवार समुदायमा पण्डित अभाव भएपछि काठमाडौंबाट झिकाउनुपर्ने बाध्यता रहेको छ । चितवनमा नेवारको कर्मकाण्ड देवबाजे (नेवारी बाजे) नभएपछि नेवाःपुचः नारायणगढले काठमाडौंबाट देव बाजे सुरेन्द्र बज्राचार्यलाई बोलाएर विधिपूर्वक सामूहिक व्रतबन्ध गरेको हो । नेवाःपुचः नारायणगढले आइतबार र सोमबार सामूहिक रूपमा बेलविवाह (इही) पनि आयोजना गरेको छ ।

नेवाःपुचः नारायणगढका अध्यक्ष शुक्रकुमार श्रेष्ठका अनुसार कर्म चलाउने नेवार बाजे चितवनमा कोही नभएकाले काठमाडौंदेखि नेवार समुदायकै बाजे (बाहुन) बोलाएर नेवारी परम्पराअनुसार कार्य आयोजना गरिएको हो । उनका अनुसार चितवनमा पहिलोपटक नेवार समुदायमा सामूहिक व्रतबन्ध आयोजना गरिएको हो । सामूहिक बेलविवाह भने यसअघि अन्य संघसंस्थाले आयोजना गरे पनि पुचःले भने पहिलोपटक आयोजना गरेको हो । नेवार समुदायको बाहुन नहुँदा चितवनमा प्रायः खस–आर्य समुदायका पण्डितबाट कैटा र इही हुँदै आएको थियो । 

‘व्यक्तिले काठमाडौंबाटै पण्डित बोलाएर कार्य गर्दा खर्च बढी हुन्थ्यो, सामूहिक व्रतबन्ध कार्यक्रम संयोजक एवं पुचःका प्रवक्ता रमेश श्रेष्ठले भने, ‘हामीले व्रतबन्ध र बेलविवाहमा हुने खर्च कटौती गर्दै नेवारी संस्कृतिको संरक्षण गरेका हौँ ।’