मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण २६ शुक्रबार
  • Wednesday, 18 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ फाल्गुण २६ शुक्रबार o७:४६:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

मच्छिन्द्रविरुद्ध आर्मीको बदला

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ फाल्गुण २६ शुक्रबार o७:४६:oo

साबिक दुईपटकको च्याम्पियन मच्छिन्द्र फुटबल क्लबले सहिद स्मारक ए डिभिजन लिग ०७९–८० मा लगातार दोस्रो हार व्यहोरेको छ । मच्छिन्द्रले लिगको आफ्नो दोस्रो खेलमा त्रिभुवन आर्मीसँग २–० ले पराजित भयो । यसअघि, पहिलो खेलमा जावलाखेलसँग मच्छिन्द्र अप्रत्याशित रूपमा पराजित भएको थियो । आर्मीले ए डिभिजन लिगमा तेस्रो प्रयासपछि मच्छिन्द्रलाई हराएको हो । ०७७ सालमा मच्छिन्द्रले उपाधि जित्दा निर्णायक खेलमा आर्मीलाई १–० ले पराजित गरेको थियो । 
यसपटक चोटले सताएको मच्छिन्द्रविरुद्ध आर्मी हावी भयो । पहिलो हाफ गोलरहित बराबरी भयो । मध्यान्तरपछि आर्मीलाई जित दिलाउन दीपक गुरुङ र कार्यवाहक कप्तान नवयुग श्रेष्ठले एक–एक गोल गरे । आर्मीले दुई खेलबाट चार अंक जोडेर चौथो स्थानमा छ । लगातार दुई हारपछि मच्छिन्द्र रेलिगेसन क्षेत्रमा छ । मच्छिन्द्रका प्रशिक्षक प्रवेश कटवालले उपाधि दौडबाट अझै नबाहिरिएको प्रतिक्रिया दिए । ‘खेलाडी घाइते हुनु र विदेशी खेलाडीको कागजी प्रक्रिया नमिल्दा हामीले दोस्रो रोजाइका खेलाडीलाई खेलायौँ,’ कटवालले भने, ‘हामी उपाधि दौडमा फर्कनेछौँ ।’ 

चोटका कारण विमल घर्तीमगर, विदेशी खेलाडी आन्द्रेस निया दुवै खेलमा मैदान उत्रिएका छैनन् । मोफसलमा खेलेका भारतीय मिडफिल्डर दयानन्द सिंह र अन्य मुलुकका खेलाडीको श्रमस्वीकृति पक्का नहुँदा मच्छिन्द्रले आर्मीविरुद्धको खेलमा दोस्रो रोजाइका खेलाडीलाई उतारेको थियो । भन्द्रपुर–झापा गोल्डकप र केपी ओली कपमा ७२ घन्टाबीच चार खेल खेल्दा मच्छिन्द्रका अधिकांश खेलाडी घाइते भएका थिए । 

मध्यान्तरपछि दुई गोल
अघिल्लो सिजन क्लबसँगै रहेका सुनील बल र मनीष डाँगी संकटा पुगेका छन् । अभिषेक रिजाल, विशाल श्रेष्ठजस्ता खेलाडी अस्ट्रेलिया पलायन भएका छन् । च्यासल मैदानमा खेलको ४८औँ आर्मीले सुरुवाती अग्रता लियो । रक्षक दीपक गुरुङले कर्नर बललाई हेडमार्फत पोस्टको दिशा दिए । खेलको ५९औँ मिनेटमा आर्मीले अग्रता २–० को बनायो ।  

जितपछि आर्मीका कार्यवाहक कप्तान नवयुगले जितले लिग जित्न हौसला मिलेको प्रतिक्रिया दिए । यसैगरी, अर्को खेलमा जावलाखेल युथ क्लबले लगातार दोस्रो जित निकालेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा जावलाखेलले न्युरोड टिम (एनआरटी) लाई २–१ ले पराजित ग¥यो ।