१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण २५ बिहीबार
  • Wednesday, 26 June, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७९ फाल्गुण २५ बिहीबार ११:२६:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

गर्मीका लागि यस्तो मेकअप

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ फाल्गुण २५ बिहीबार ११:२६:oo

मौसमअनुसार छालाको प्रकृति पनि बदलिने भएकाले सुन्दरतामा ध्यान राख्न आवश्यक हुन्छ । गर्मीयाममा मेकअप गर्न अप्ठ्यारो हुन्छ । यो मौसममा धुवाँ–धुलो बढी हुने, पसिना धेरै आउने कारण छाला धेरै सुक्खा र तैलीय हुने हुन्छ । यसले मेकअपलाई प्रभावित पारिरहेको हुन्छ । त्यसैले छाला र सुन्दरतामा असर नपर्ने गरी यसरी मेकअप गर्न सकिन्छ ।

- गर्मीमा तैलीय छाला हुने हुँदा फाउन्डेसन लगाउँदा बग्ने र धब्बा देखिने हुन्छ । यसका लागि मेकअप गर्दा निकै ध्यान दिनुपर्छ । पसिना र तैलीय छालाका कारण कहाँ कालो वा धब्बा देखिन्छ, मेकअप गर्नुभन्दा अघि त्यहाँ पूर्वतयारीका उपाय अपनाउन 
जरुरी हुन्छ ।

- तपाईंले सुरुमा अनुहार सफा गर्नुपर्छ । यसमा फेसवास र नरम क्लिन्जिङ आदि प्रयोग गर्न सकिन्छ । मेकअपअघि अनुहार राम्ररी पखाल्नुपर्छ । 

- गर्मीमा घाम सीधै छालामा पर्छ । घामले छालामा असर देखिन सक्छ । त्यसैले मेकअपअघि मोस्चराइजर लगाउनुपर्छ । छालाको प्रकृतिअनुसार मेटिफाइङ प्राइमर अर्थात् आयल फ्री मोस्चराइजरको प्रयोग गर्नुपर्छ । यसो गर्दा छालाको तैलीय तत्वसुक्छ र मेकअप राम्रो देखिन्छ । 

- छालामा मोस्चराइजरको प्रयोग गरेपछि केही समय खुला छोडिदिनुपर्छ । यसले छाला नरम बनाउन मद्दत गर्छ । त्यस्तै, घाममा हिँड्दा सनस्क्रिन पनि लगाउन सकिन्छ ।

- मोस्चराइजरपछि प्राइमर लगाउनुपर्छ । यसले छालालाई सुरक्षित बनाउनुका साथै मेकअपलाई समेत सुरक्षा दिन्छ । त्यसैले गर्मीमा पनि मेकअप लामो समय कायम रहन्छ । प्राइमरको प्रयोग गर्दा हलुका हुने भएकाले प्राइमर लगाएको महसुससम्म हुँदैन । 

- गर्मीमा लिक्विड फाउन्डेसन उपयुक्त हुँदैन । तैलीय छालामा यो थोरै समय मात्रै टिक्ने भएकाले फाउन्डेसनको कवचको रूपमा क्रिम प्रयोग गर्न सकिन्छ । यसमा लुज पाउडर पनि लगाउन सकिन्छ । जसले गर्दा फाउन्डेसन लामो समयसम्म टिक्ने र चिटिक्क देखिने हुन्छ । यद्यपि, काममा हिँड्ने हो भने फाउन्डेसनको प्रयोग नगरी हलुका मेकअप गर्दा राम्रो हुन्छ । 

- गर्मी मौसममा गाजल, आइस्याडो, मस्कारा र लिपस्टिक आदि वाटरपु्रफ र म्याट मात्र प्रयोग गर्नुपर्छ । यसो गर्दा बाहिर हिँड्दा पसिना वा पानीका कारण बग्ने वा लतपतिने सम्भावना हुँदैन । यो वेला सकेसम्म हलुका मेकअप गर्न आवश्यक हुन्छ । रङको छनोट गर्दा पनि सकेसम्म फिका रङ छान्नु 
उपयुक्त हुन्छ । 

- आँखामा आइलाइनरको प्रयोग गर्न सकिन्छ । त्यस्तै, हलुका गुलाबी र सुन्तला रङको चमकरहित आइस्याडो लगाउँदा राम्रो देखिन्छ । विशेषगरी, साँझ र रातको पार्टीमा चमक भएको आइस्याडो लगाउन सकिन्छ । तर, दिउँसो रंगीन मेकअप अनावश्यक देखिन सक्छ । 

- साथै, दिउँसो बाहिर हिँड्दा सकेसम्म गाढा मेकअप नगर्नु नै बेस हुन्छ । यो छालाको स्वास्थ्यका दृष्टिकोणले समेत नराम्रो हो । 

ad
ad
ad
ad