१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार १६:३९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

ओखलढुंगामा पहिलोपटक गोरुजुधाइ प्रतियोगिता 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १६:३९:oo

ओखलढुंगामा पहिलोपटक गोरुजुधाइ प्रतियोगिता सञ्चालन गरिएको छ । जिल्लाको चम्पादेवी गाउँपालिकामा जारी अध्यक्ष कप खेलकुद प्रतियोगिताअन्तर्गत जिल्लामा पहिलोपटक गोरुजुधाइ प्रतियोगिता गरिएको हो ।

प्रतियोगितामा गाउँपालिकाभित्रका चार हल गोरुबीच प्रतिस्पर्धा गराइएको थियो । जसमध्ये चम्पादेवी गाउँपालिका– ८ का बलबहादुर राईको गोरु प्रथम भएको छ । यस्तै वडा नम्बर– ९ का दीपक खड्काको गोरु दोस्रो र सोही वडाका छेक्पाल शेर्पाको गोरु तेस्रो भएको चम्पादेवी– ४ का वडाध्यक्ष एवं खेल प्रचारप्रसार विभागका संयोजक इन्द्र केसीले जानकारी दिए ।

गोरुजुधाइतर्फ पहिलो, दोस्रो र तेस्रो हुने गोरुका धनीले क्रमशः नगद ३० हजार, २० हजार र १० हजारका साथमा सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

ad
ad