Skip This
२८ चैतदेखि पोखरामा  १८औँ फेवा नववर्ष महोत्सव
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण २३ मंगलबार
  • Wednesday, 14 May, 2025
२o७९ फाल्गुण २३ मंगलबार १२:१६:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

२८ चैतदेखि पोखरामा  १८औँ फेवा नववर्ष महोत्सव

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ फाल्गुण २३ मंगलबार १२:१६:oo

 दिन–प्रतिदिन प्रकृतिकसँगै मानवीय अतिक्रमणमा परेको फेवातालको संरक्षण गरौँ भन्ने मूल नाराका साथ पर्यटकीय नगरी पोखरामा आगामी २८ चैतदेखि १८औँ संस्करणको फेवा नववर्ष महोत्सव–२०८० हुने भएको छ ।

होटेल संघ पोखराको आयोजनामा आउँदो चैत २८ देखि १ वैशाखसम्म पोखराको प्रमुख पर्यटकीयस्थल लेकसाइडको अम्मटदेखि हल्लनचोकसम्मको सडकमा महोत्सव हुने भएको हो ।

नेपाली मौलिक संस्कृतिको संरक्षण र परम्परागत नेपाली खानाको प्रवद्र्धनसँगै नेपालका मुख्य सहरमा अंग्रेजी नयाँ वर्ष धूमधामका साथ मनाउने गरिएकोमा नेपाली नयाँ वर्र्ष पनि उत्तिकै उल्लासका साथ मनाउनका लागि विगत १७ वर्षदेखि संघले महोत्सव गर्दै आएको आयोजक संघका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीले जानकारी दिए । 

कोरोनाका कारण शिथिल बनेको पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्ने उद्देश्यसमेत महोत्सवको रहेको भन्दै सुवेदीले यसअघि कोमागाने पार्कमा सञ्चालन गरिँदै आइएको महोत्सव गत वर्षदेखि पर्यटन, संस्कृति र खानालाई विशेष जोड दिएर सडकमा आयोजना गरिँदै आएको बताए ।