सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको अध्यक्षमा ठाकुरकुमार श्रेष्ठ विजयी भएका छन् । संघको वरिष्ठ उपाध्यक्षमा नेत्रप्रसाद आचार्य, उपाध्यक्ष (वाणिज्य)मा गोविन्द ज्ञवाली, उद्योग उपाध्यक्षमा दिलीपकुमार कान्दु निर्वाचित भएका छन् । महासचिवमा कृष्णप्रसाद घिमिरे, कोषाध्यक्षमा कमलप्रसाद मरासिनी, सचिवमा मंगल भण्डारी विजयी भएका छन् ।
वस्तुगत सदस्यमा प्रितम रौनियार, उद्योगतर्फ खुला सदस्यहरूमा ओम जैसी, रमेश घिमिरे, रचना क्षेत्री, कमल ज्ञवाली र विष्णुमाया शर्मा पौडेल विजयी भएका छन् । वाणिज्यतर्फ खुला सदस्यमा अर्जुन कार्की, प्रमोद रिजाल, विशाल जैसवाल, कृष्णप्रसाद अधिकारी, वीरेन्द्र ज्ञवाली, दिनेशमान अमात्य, अभिनवमयूर कसौधन, धर्मराज आचार्य, मीना पन्थी र विजय अधिकारी विजयी भएका छन् ।
त्यसैगरी, कर्पोरेट उपाध्यक्षमा रोहितकुमार अग्रवाल, सहकोषाध्यक्षमा सञ्जयकुमार बेरिवाल, कर्पोरेट सदस्यमा अर्पितकुमार अग्रवाल र विकासकुमार गोयनका तथा वाणिज्यतर्फ महिला सदस्यमा यमकला न्यौपाने र महिला उद्योग सदस्यमा पल्लवी न्यौपाने निर्विरोध निर्वाचित भएका थिए ।