मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण २२ सोमबार
  • Wednesday, 18 December, 2024
२o७९ फाल्गुण २२ सोमबार o७:१५:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

सन्दुक गाउँ फर्किए, गाउँलेका आँखामा ज्योति फर्कियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ फाल्गुण २२ सोमबार o७:१५:oo

ताप्लेजुङको विकट फक्ताङलुङ गाउँपालिका– ७ ओलाङचुङगोलामा जन्मिएका डा. सन्दुक रुइत वरिष्ठ नेत्र चिकित्सकका रूपमा विश्वप्रख्यात छन् ।

आँखाको ज्योति गुमाएर अँध्यारो जीवन बाँचिरहेका हजारौँलाई संसार देखाइसकेका उनले आफ्नै जन्मथलो पुगेर ७० गाउँलेलाई पनि उज्यालो देखाइदिएका छन् । मोतीविन्दुका कारण आँखाको ज्योति गुमाएका पाँच वर्षका बालकदेखि ८८ वर्षका वृद्धसम्मले संसार देख्न पाएका छन् ।

फक्ताङलुङ गाउँपालिका र तिलगंगा आँखा प्रतिष्ठानको संयुक्त आयोजनामा सञ्चालित नौदिने निःशुल्क शिविरको आठ दिनमा एक हजार नौ सय ३५ को आँखा परीक्षण गर्दा ९७ जनामा मोतीविन्दु देखिएकोमा ७० जनाको शल्यक्रिया भइसकेको छ । आँखा देखेपछि ८२ वर्षीय जसबहादुर लिम्बू, ७१ वर्षीया छिरिङकिपा शेर्पा, ३७ वर्षीय नुपु शेर्पालगायतले डा. सन्दुकसँगै क्यामेरामा हेरेर फोटो खिचाए ।