दमक– ३ मा फोहोरबाट ग्यास उत्पादन गर्न जडान गरिएको ग्यास प्लान्टबाट उत्पादन भएको ग्यास प्रयोगमा नआएपछि बालेर खेर फालिँदै छ। सरकार र विश्व बैंकको २०–२० प्रतिशत अनुदानमा कुल साढे २० करोड लागतमा फोहोरबाट बायोग्यास उत्पादन थालियो। तर, न पाइपलाइन विस्तार गरियो न त सिलिन्डरमा ग्यास भरेर बिक्री गर्ने सम्झौता कार्यान्वयन भयो। दैनिक ६०० केजी ग्यास र १० हजार केजी प्रांगारिक मल खेर गइरहेको छ। हेर्नुहोस् भिडियो रिपोर्टः