१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण १९ शुक्रबार
  • Monday, 01 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ फाल्गुण १९ शुक्रबार १७:४६:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
खेलकुद डिजिटल संस्करण

कुशल मल्ल आउट

आइसिसी विश्वकप लिग – २

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ फाल्गुण १९ शुक्रबार १७:४६:oo

पपुवा न्युगिनी (पिएनजी)ले दिएको एक सय ८० रनको सामान्य लक्ष्य पछ्याइरहेको नेपालले सातौँ विकेट गुमाएको छ । 

पिएनजीका बलरसामु नेपाली ब्याटर निरिह देखिएका छन् । नेपालले लगातार विकेट गुमाइरहेको छ । 

३१ ओभरभित्र एक सय पाँच रन बनाउँदा नेपालले साता विकेट गुमाइसकेको छ । युएईविरुद्धको अघिल्लो खेलमा आक्रामक ब्याटिङ गर्दै अर्धशतक बनाएका कुशल मल्ल पनि आज चल्न सकेनन् । उनी २६ बलमा २३ रन बनाएर सेसे बाओको बलमा कट एन्ड बोल्ड भए । 

त्यसअघि २३ ओभरभित्र नेपालले ७६ रन बनाउँदा ६ विकेट गुमाएको थियो । २२औँ ओभरको अन्तिम बलमा दीपेन्द्रसिंह ऐरी आउट भएका थिए । १६ बलमा आठ रन बनाएका दीपेन्द्र पनि सेसे बाओकै शिकार बनेका थिए । 

नेपालले १८औँ ओभरको पहिलो र पाँचौँ बलमा दुई महत्वपूर्ण विकेट गुमाएको थियो । पाँचौँ विकेटका रूपमा आरिस सेख डक आउट भएका छन् । तीन बल सामना गरेका सेखलाई असाद भालाले बोल्ड गरे । 

त्यसअघि कप्तान रोहितकुमार पौडेललाई पनि उनले नै पेभेलियन पठाएका थिए । कप्तानी पारीको आशा गरेका नेपाली समर्थक आज पनि निराश बन्न बाध्य भए । ८ बल सामना गरेका उनले एक रन बनाए । युएईसँगको खेलमा पनि रोहित चल्न सकेका थिएनन् । 
त्यसअघि १६औँ ओभरको खेल चलिरहँदा ४६ रनको अवस्थामा नेपालले तेस्रो विकेट पनि गुमाएको थियो । जारी शृंखलामा पहिलोपटक मौका पाएका भीम सार्की ३५ बलमा ८ रन बनाएर आउट भए । 

सामान्य लक्ष्य पछ्याएको नेपालले आज पनि लगातार अन्तरमा विकेट गुमाइरहेको छ । 

ओपनर कुशल भुर्तेल पहिलो बलमै आउट भएका थिए । उनलाई सेमो एलगोले एलबिडब्लु धरापमा पारेका थिए । त्यसपछि सम्हालिएर खेल्नुपर्ने आवश्यकता रहेकोमा पाँचौँ ओभरको पाँचौँ बलमा नेपालले सबैभन्दा अनुभवी खेलाडी टपअर्डर ब्याटर ज्ञानेन्द्र मल्ललाई गुमाएको थियो ।

२० बलको सामना गरेका ज्ञानेन्द्रले ६ रन बनाए । उनी पनि सेमो एलगोको बलमा क्याटआउट भए । उनको ब्याटबाट लगातार सात म्याचमा रन बन्न सकेको छैन । 

आइसिसी विश्वकप लिग– २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर पिएनजीले पहिले ब्याटिङ गरेको थियो । 

नेपाली बलरहरूले कसिलो बलिङ गरेपछि पिएनजी एक सय ७९ रनमा अलआउट गरेको थियो । ४९.२ ओभरमा अलआउट भएको पिएनजीका तीन ब्याटर रनआउट भएका थिए । पिएनजीका लागि टोनी उराले ३९ र हिरी हिरीले ३१ रनको इनिङ खेले । 

नेपालको तर्फबाट सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले दुई–दुई तथा सन्दीप लामिछाने, करण केसी र कुशल मल्लले एक–एक विकेट लिए । 

ad
ad
ad
ad