१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ६ आइतबार १५:१९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

माओवादी स्थिर बस्ने पार्टी होइन : उपमहासचिव गजुरेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार १५:१९:oo

नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले माओवादी स्थिर बसेर देशको विकास सम्भव नरहेको दाबी गरेका छन्। 

बिहीबार कीर्तिपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीका राजनीतिक सल्लाहकारसमेत रहेका उनले यस्तो बताएका हुन्। 

उनले पछिल्लो राजनीतिक घटनाक्रमलाई नियालेर आममानिसले माओवादी केन्द्र अस्थिर भएको भनिरहे पनि अहिलेसम्म माओवादी स्थिर भएको भए देश यो अवस्थामा परिवर्तित हुन नसक्ने दाबी गरे। 

उनले माओवादी स्थिर भएर बसिरहेको भए सेना समायोजन, शान्तिप्रक्रियाका काम अघि नबढ्ने दाबी गरे। उनले माओवादी कहिले पछि र कहिले अघि बसेर देशको जिम्मेवारीपूर्ण काम गरिरहेको उल्लेख गरे। उपमहासचिव गजुरेलले प्रधानमन्त्री दाहाल पदका लागि सत्तामा नगएको पनि दाबी गरे। 

उपमहासचिव गजुरेलले प्रधानमन्त्री प्रचण्डले देशलाई सुशासनतर्फ लैजान नै राष्ट्रिय सहमतिलाई पहिलो प्राथमिकतामा राखेर अघि बढेको उल्लेख गरे।  
 

ad
ad