Skip This
विकासोन्मुख देशका पाँच हजार सेनालाई तालिम दिँदै चीन
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण १८ बिहीबार
  • Friday, 26 July, 2024
एजेन्सी
२o७९ फाल्गुण १८ बिहीबार १o:३o:oo
Read Time : > 1 मिनेट
विश्व प्रिन्ट संस्करण

विकासोन्मुख देशका पाँच हजार सेनालाई तालिम दिँदै चीन

Read Time : > 1 मिनेट
एजेन्सी
नयाँ पत्रिका
२o७९ फाल्गुण १८ बिहीबार १o:३o:oo

चीनको आगामी पाँच वर्षभित्र विकासोन्मुख देशका कम्तीमा पाँच हजार सुरक्षाकर्मीलाई तालिम दिने योजना रहेको साउथ चाइना मर्निङ पोस्ट (एससिएमपी)ले जनाएको छ । साताको सुरुताका प्रकाशित बेइजिङको ग्लोबल सेक्युरिटी इनिसिएटिभ कन्सेप्ट पेपर (एससिएमपी)मा यस्तो योजना रहेको पोस्टले उल्लेख गरेको छ । चीनले सुरक्षा चुनौतीहरूलाई सम्बोधन गर्न आदानप्रदान एवं सहयोगका थप अन्तर्राष्ट्रिय प्लाटफर्महरू सिर्जना गर्ने योजना बनाइरहेको समयम चिनियाँ सरकारले यो कदम अघि सारेको हो ।

‘बेइजिङले गैरपरम्परागत सुरक्षामा क्षमता सुधार गर्न आतंकवादविरोधी, साइबर सुरक्षा, जैविक सुरक्षा र उदीयमान प्रविधिजस्ता क्षेत्रमा देखिएका सुरक्षा चुनौती सम्बोधन गर्न आदानप्रदान एवं सहकार्यका थप अन्तर्राष्ट्रिय मञ्चहरू सिर्जना गर्ने योजना बनाएको छ,’ एससिएमपीले भनेको छ । चीनले विश्वविद्यालयस्तरका सैन्य एवं प्रहरी एकेडेमीमाझ थप आदानप्रदान तथा सहयोगलाई प्रोत्साहन गर्नेछ । ग्लोबल सेक्युरिटी इनिसिएटिभ (जिएसआई) को प्रतिवेदनअनुसार यो कदमले चीनलाई विश्वव्यापी सुरक्षा मुद्दाहरू सम्बोधन गर्न मद्दत गर्नेछ ।

चाइना इन्स्टिच्युट अफ कन्टेम्पोररी इन्टरनेसनल रिलेसन्स (सिआइसिआइआर) का आतंकवादविरोधी विशेषज्ञ ली वेईले एससिएमपीलाई भने, ‘चीनले अफगानिस्तान र पाकिस्तानजस्ता देशमा आतंकवादविरोधी सुरक्षा र अन्य अधिकारीलाई तालिम दिने गथ्र्याे । अब यसले सहकार्यको दायरा विस्तार गर्नेछ । तालिम तथा आदानप्रदानको उद्देश्य आतंकवादविरोधीजस्ता क्षेत्रमा द्विपक्षीय र बहुपक्षीय सहयोग सशक्त बनाउनु हो ।’

गत वर्ष चिनियाँ राष्ट्रपति सी जिनपिङले चीनले आगामी पाँच वर्षभित्र सांघाई सहयोग संगठन (एससिओ)का सदस्य राष्ट्रहरूबाट दुई हजार सुरक्षा अधिकारीलाई तालिम दिने र आतंकवादविरुद्ध केन्द्रित तालिम केन्द्र स्थापना गर्ने घोषणा गरेका थिए । सन् २०२२ मा पश्चिमका युद्धक विमान र हेलिकोप्टरहरूलाई खसाल्न चीनले ३० पूर्वरोयल एयर फोर्स पाइलट (आरएएफ) भर्ना गरेको थियो । त्यस्तै सोही वर्षको डिसेम्बरमा चीनले अरब देशहरूका १५ सय प्रहरी र साइबर सुरक्षा अधिकारीलाई तालिम दिने प्रस्ताव गरेको थियो ।

यसैबीच, यी गतिविधिमाथि नजिकबाट निगरानी गरिरहेका पश्चिमा देशमा चिनियाँ प्रहरी अभ्यासबारे चिन्ता छाएको छ । गत वर्ष बेलायत सरकारले चिनियाँलाई भर्तीमा लिनबाट रोक्न आफूले कदम चालिरहेको बताएको थियो । ‘जनवादी गणतन्त्र चीनका जनमुक्ति सेनालाई तालिम दिन बेलायती सशस्त्र बलका पूर्वपाइलट एवं अधिकारीलाई आफ्नो सेनामा भर्ना गर्ने चिनियाँ भर्ती योजना रोक्न हामी निर्णायक कदम चालिहरहेका छौँ,’ बेलायतको रक्षा मन्त्रालयका प्रवक्तालाई न्युयोर्क टाइम्सले उद्धृत गरेको छ ।