१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण १८ बिहीबार
  • Saturday, 28 September, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२o७९ फाल्गुण १८ बिहीबार o७:२८:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

अराजक बन्दै लघुवित्तविरोधी गतिविधि

कर्मचारीलाई दलियो मोसो, पाँच लाख लुटियो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ फाल्गुण १८ बिहीबार o७:२८:oo

पछिल्लो समय ऋण मिनाहादेखि संस्था खारेजीसम्मको माग उठाउँदै देशव्यापी विरोध कार्यक्रम अराजक बनेको छ । मंगलबार एक लघुवित्त वित्तीय संस्थाका कर्मचारीलाई एक समूहले मोसो दलेको छ । त्यो समूहले एनआइसी एसिया लघुवित्त वित्तीय संस्थाको जाजरकोट शाखामा कार्यरत कर्मचारी गोपालप्रसाद उपाध्यायमाथि मोसो दलेको हो । 

ऋणको किस्ता उठाउन गएका उपाध्यायलाई मोसो दलिएको जिल्ला प्रहरी कार्यालय, जाजरकोटले जानकारी दिएको छ । प्रहरीका अनुसार मोसो दलेको आरोपमा विप्लव समूहका ६ जना पूर्णबहादुर सार्की, निराजन शाही, बलबहादुर मल्ल, दीपेन्द्र सिंह, लोकेन्द्र विक र वीरबहादुर नेपालीलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूले करिब पाँच लाख रुपैयाँ लुटपाटसमेत गरेको प्रहरीले जनाएको छ । 

 लघुवित्त बैंकर्सको आपत्ति
मोसो दल्ने घटनालाई लिएर लघुवित्त बैंकर्स एसोसिएसनले आपत्ति जनाउँदै विज्ञप्ति जारी गरेको छ । अति विकट क्षेत्रमा गई गरिबी न्यूनीकरण र महिला सशक्तीकरणका लागि अहोरात्र खटिने लघुवित्तका कर्मचाारीमाथि भएको यो गतिविधि 
अमानवीय र अराजकताको पराकाष्ठा भएको विज्ञप्तिमा उल्लेख छ । 

‘लघुवित्त वित्तीय संस्थाहरूले विगत ३० वर्षदेखि ग्रामीण क्षेत्रमा गई विनाधितो कर्जा उपलब्ध गराई ग्रामीण विपन्न महिलाहरूको जीवनस्तर माथि उकास्न निरन्तर लागिरहेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यहीक्रममा जाजरकोटजस्तो अति विकट क्षेत्रमा गई गरिबी न्यूनीकरण र महिला सशक्तीकरणका लागि अहोरात्र खटिने लघुवित्तका कर्मचारीमाथि भएको यो कारबाही अमानवीय र अराजकताको पराकाष्ठा हो यसको जति नै निन्दा गरे पनि कमै हुन्छ, यसले राज्यको सुरक्षा प्रणालीमा पनि प्रश्न उठाएको छ ।’

घटनाका दोषीविरुद्ध एनआइसी एसिया लघुवित्तले कानुनी उपचार खोज्ने संघका अध्यक्ष प्रकाशराज शर्माले बताए । ‘यस्तो गतिविधिले काम गर्ने कर्मचारीको आत्मसम्मानमा ठेस पुगेको छ । पैसा पनि लुटिएको छ,’ उनले भने, हामीले राज्यविहीनताको अनुभव गरेका छौँ । हामीले के अपराध गरेका छौँ र ? हामीले गल्ती गर्‍यौँ होला । तर, अपराध गरेका छैनौँ ।’ 

देशमा अराजकताको अवस्था सिर्जना हुँदै गएको छ, यस्तो परिस्थितिमा कत्ति पनि विचलित नभई आफ्नो सुरक्षाको ख्याल गर्न पनि लघुवित्तकर्मी सबै कर्मचारीलाई विज्ञप्तिमार्फत आह्वान गरिएको छ । ‘यस्ता गतिविधिले कसैलाई लाभ नदिने बरु उल्टै जनमानसमा नकारात्मक प्रभाव पार्ने र देशमा अराजकतालाई बढवा दिने, आर्थिक अस्थिरता निम्त्याउने र देशको अर्थतन्त्र नै दुर्घटनाग्रस्त हुने सम्भावना हुँदा यस्ता गतिविधि तत्काल बन्द गरी शान्तिपूर्ण रूपले काम गर्ने वातावरण सिर्जना गर्न सम्बन्धित सबै पक्षसँग अपिल गर्दछाैँ,’ विज्ञप्तिमा उल्लेख छ ।