१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
तेजराज भट्ट काठमाडाैं
२o८१ जेठ १ मंगलबार o६:५५:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

झिलिमिली धनगढीका सडक : ट्राफिक चोक–गेटा विमानस्थल खण्डमा ‘स्मार्ट स्ट्रिट लाइट’ जडान

Read Time : < 1 मिनेट
तेजराज भट्ट, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o६:५५:oo

धनगढी–अत्तरिया ६ लेन सडकको धनगढी ट्राफिक चोक–गेटा विमानस्थल गेट खण्डमा ‘स्मार्ट स्ट्रिट लाइट’ जडान गरिएको छ । लाइट जडान गरिएपछि यो खण्डको ६.६ किलोमिटर सडक रातको समयमा झिलिमिली बनेको छ । धनगढी उपमहानगरपालिका र नेपाल विद्युत् प्राधिकरणअन्तर्गत राष्ट्रिय सडक बत्ती प्रवद्र्धन आयोजनाको दुई करोड ६९ लाख ५८ हजार रुपैयाँको लगानीमा बत्ती जडान गरिएको हो ।

६ लेन सडकको मिडियनमा २१६ पोलमा चार सय ३२ आधुनिक बत्ती जडान गरिएका छन् । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाश देउवाले सडक बत्तीको उद्घाटन गरेका छन् । सडक बत्ती जडानमा उपमहानगरको ६० र सडक बत्ती प्रवद्र्धन आयोजनाको ४० प्रतिशत लगानी रहेको धनगढी उपमहानगरपालिका प्रमुख गोपाल हमालले जानकारी दिए । सडक बत्ती जडानले दुर्घटना न्यूनीकरणसँगै सहरी सौन्दर्य बढाएको मेयर हमालले बताए ।

रातिको समयमा बत्तीबाट आवश्यकताअनुसार उज्यालो प्रवाह हुने उनले बताए । राति सवारीको चाप अत्यधिक हुने वेला बल्बबाट बढी प्रकाश प्रवाह हुने र मध्यरातमा कम हुने उनको भनाइ छ । रात परेपछि बत्ती आफैँ बल्ने र उज्यालो भएपछि निभ्ने सेन्सर जडान गरिएको उपमहानगरले जनाएको छ ।

मेयर हमालले धनगढीका अन्य सडकमा पनि सडक बत्ती जडानलाई उपमहानगरले प्राथमिकता दिएको बताए । उनले ६ लेन सडकको बाँकी खण्डमा पनि अत्याधुनिक सडक बत्ती जडानको काम अगाडि बढेको जानकारी दिए । जथाभावी बाटो काट्नाले ६ लेन सडकमा दुर्घटना बढेपछि त्यसलाई रोक्ने प्रयासस्वरूप मिडियनमा तारजाली पनि लगाएको हमालले बताए । ६ लेनअन्तर्गत नै धनगढी ट्राफिक चोकदेखि भन्सारसम्मको दुई किलोमिटर खण्डमा करिब एक करोडको लागतमा आधुनिक बत्ती जडानको काम भइरहेको उपमहानगरका इन्जिनियर दिजराज भट्टले बताए । त्यस्तै, ६५ लाख रुपैयाँको लगानीमा नगरका १० ठाउँमा १६ मिटर अग्ला ‘हाइमास्ट लाइट’ निर्माणाधीन अवस्थामा रहेका छन् । 

ad
ad