१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण ८ सोमबार
  • Sunday, 08 September, 2024
२o७९ फाल्गुण ८ सोमबार १९:५४:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

हिमालयन शेर्पा मकवानपुर गोल्डकपको फाइनलमा, मनाङसँग उपाधि भिडन्त हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ फाल्गुण ८ सोमबार १९:५४:oo

सहिद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको पाँचौँ संस्करणको उपाधिका लागि हिमालयन शेर्पा र मनाङ मर्स्याङ्दी क्लब भिड्ने भएका छन् ।

बागमती प्रदेशको राजधानी हेटौँडामा सोमबार भएको अन्तिम सेमिफाइनल खेलमा विदेशी क्लब एभिनियर एफसी क्यामरुनलाई रोक्दै हिमालयनले मनाङसँगको उपाधि भिडन्त पक्का गरेको हो । 

क्यामरुनी क्लब एभिनियर हिमालयनसँग १–० गोल अन्तरले रोकियो । यसअघि आइतबार भएको पहिलो सेमिफाइनलमा विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ क्लबलाई हराउँदै मनाङ मर्स्याङ्दीले फाइनलमा स्थान बनाइसकेको छ ।

हिमालयनको जितका लागि एक मात्र गोल सुनील श्रेष्ठले गरे । उनले खेलको ५३औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । 

अत्यन्तै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफमा दुवैले पटकपटक प्रयास गरे पनि खेल १–० मै सकियो । 

खेलको निर्णायक गोलकर्ता सुनील श्रेष्ठ म्यान अफ द म्याच घोषित भए । उनले नगद १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे । 

मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको फाइनल खेल आगामी बुधबार हुने आयोजकले जानकारी दिएको छ । प्रतियोगिताको विजेताले नगद १५ लाख रुपैयाँसहित ट्रफी र उपविजेताले नगद १० लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ । 

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई बुलेट बाइकको व्यवस्था गरिएको छ भने विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले जनही नगद २५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् ।