१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण ८ सोमबार
  • Friday, 05 July, 2024
फाइल तस्बिर
२o७९ फाल्गुण ८ सोमबार १६:o७:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

प्रदेश बैठकमा प्रचण्डकाे ब्रिफिङ- १२ बुँदे समझदारी पक्षधर शक्तिहरू एक ठाउँ उभिनुपर्छ 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ फाल्गुण ८ सोमबार १६:o७:oo

प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १२ बुँदे समझदारी, विस्तृत शान्तिसम्झौता र संविधान निर्माणका वेला एक ठाउँ उभिएका शक्तिहरू फेरि पनि एकै ठाउँ उभिनुपर्ने बताएका छन्। 

सोमबार दिउँसो पोखराको लेखनाथमा माओवादी केन्द्र गण्डकी प्रदेश समितिको छैटौँ पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन्। 

प्रदेश बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘मुलुक राजनीतिक र आर्थिक रूपले अप्ठ्यारो परिस्थितिमा छ। राजनीतिमा दूषित हावा देखिएको छ, अर्थतन्त्र अप्ठ्यारो ठाउँमा छ। १२ बुँदे समझदारी, विस्तृत शान्तिसम्झौता र संविधान निर्माणका वेला जुन–जुन शक्ति एक ठाउँ उभिएका थिए। फेरि पनि ती शक्तिहरू एक ठाउँ उभिन आवश्यक छ। राष्ट्रिय सहमतिमार्फत मुलुकका समस्या समाधान गर्नुपर्छ। राष्ट्रपति र उपराष्ट्रपतिमा राष्ट्रिय सहमति होस् भन्ने हाम्रो चाहनाको अन्तर्य पनि यही हो।’ 

राष्ट्रिय सहमतिका लागि विभिन्न विकल्प भएको बताउँदै उनले थपे, ‘ठूला पार्टी एक ठाउँ उभिन नसक्ने अवस्था छैन। राज्यका मुख्य ठाउँहरूमा समझदारीका साथ अघि बढ्न सकिन्छ। हाम्रा लागि यही मान्छे भन्ने छैन, जहाँ सहमति हुन्छ, त्यहाँबाट अघि बढौँ। तर, ठूला दलहरू एक ठाउँ उभिनुपर्छ भन्ने हाम्रो प्रस्ट मान्यता छ।’ 

उनले दुई महिना जनतामा गएर उनीहरूका रिपोर्ट ल्याउन नेताहरूलाई निर्देशित गरे। उनले भने, ‘दुई महिनाभित्र हामी केन्द्रीय समितिको पूर्ण बैठक बस्छौँ। त्यतिञ्जेल जनता र कार्यकर्तामा गएर उनीहरूका कुरा सुनौँ, उनीहरूका सुझाव लिऊँ। सहिद परिवार, बेपत्ता परिवार, घाइते अपांग साथीहरू भेटौँ। उनीहरूको सुझावका आधारमा पार्टी पुनर्निर्माण र रूपान्तर गरौँ।’ 

समाजवादी मोर्चा निर्माणका लागि छलफल भइरहेको र आगामी केन्द्रीय समितिको बैठकसम्म हामी एउटा निष्कर्षमा पुग्ने उनले बताए। 

‘देशमा विद्यमान समस्यालाई अवसरमा बदल्न मोर्चाको महत्वपूर्ण कार्यभार रहन्छ। केही पार्टीहरूसँग एकताको निम्ति गृहकार्य भइरहेको छ। छिट्टै एउटा निष्कर्षमा पुग्छौँ,’ उनले भने।  उनले वर्तमान सरकारले जनताको अवस्था बदल्ने कुरालाई केन्द्रमा राखेर काम गरिरहेको बताए। 

ad
ad
ad
ad