१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण ६ शनिबार
  • Saturday, 28 September, 2024
२o७९ फाल्गुण ६ शनिबार १७:४२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जुम्लामा ग्यास लिक हुँदा एक घरमा आगलागी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ फाल्गुण ६ शनिबार १७:४२:oo

जुम्लामा ग्यास लिक भएर आगलागी भएको छ। चन्दननाथ नगरपालिका– ६ बसपार्कस्थित मेघराज न्यौपानेको घरमा आगलागी भएको हो।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक धर्मराज जोशीका अनुसार न्यौपानेको तीनतले घरको ग्राउन्ड फ्लोरमा आगलागी हुँदा ४ वटा कोठा, गल्ली र माथिल्लो तला जाने भर्‍याङमा क्षति भएको छ। प्रहरीका अनुसार सो घरमा भाडामा बसेका नवराज खड्का खाना पकाउँदै गर्दा रेगुलेटरमा आगो निस्केर आगलागी भएको हो। आगो निभाउन खोज्दा ग्यास सिलिन्डर ढलेर अन्य कपडामा समेत आगो फैलिएको थियो।

आगो नियन्त्रणमा आइसकेको छ। प्रहरी निरीक्षक जोशीका अनुसार घटनाको जानकारी भएपछि स्थानीय, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र चन्दननाथ नगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएको हो।

समयमै दमकल त्यस क्षेत्रमा पुगे पनि बाटो नहुँदा आगलागी भएको घरनजिकै जान सकेन। तर, सँगै रहेको कालीबहादुर बुढाको घरको ट्यांकीमा रहेको पानीले आगो निभाउन सहयोग भएको स्थानीय गोपाल रोकायाले बताए।