६५ रन बनाएर ज्ञानेन्द्र मल्ल आउट

शनिबार, ६ फागुन, २०७९
डिजिटल संस्करण

नामिबियाले दिएको २७५ रनको लक्ष्य पछ्याइरहेको नेपालले दोस्रो विकेट गुमाएको छ। 

मध्यक्रममा सबैभन्दा अनुभवी ब्याटर ज्ञानेन्द्र मल्ल ६५ रन बनाएर आउट भएका छन्।

७४ बलको सामना गरेका ज्ञानेन्द्रले तीन छक्का र पाँच चौका प्रहार गरे। उनले आसिफ शेखसँग १३९ रनको साझेदारी गरे। नेपालको लागि एकदिवसीयमा यो सबैभन्दा ठूलो साझेदारी हो।

अहिले क्रिजमा आसिफ ७१ रन बनाएर खेलिरहेका छन्। भर्खरै क्रिजमा आएका कुशल मल्लले एक रन बनाएका छन्।

नेपालले १७औँ ओभरमा १५० रन पूरा गरेको छ। 

सुझावित समाचार