१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार १३:३o:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

शिवम् सिमेन्टकाे ‘शिवमसँग उपहार टन्न’ लक्की-ड्र सार्वजनिक, कस-कसले जिते उपहार ?

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १३:३o:oo

नेपालको अग्रणी सिमेन्ट उद्योग शिवम् सिमेन्टद्वारा ‘शिवमसँग उपहार टन्न’ उपहार योजनाको मासिक ‘लक्की ड्र’अन्तर्गत दोस्रो महिनाको भाग्यशाली (उपभोक्तातर्फ ३० जना र बिक्रेतातर्फ ४० जना) विजेताहरूको नाम लक्की–ड्रमार्फत सार्वजनिक गरेएको छ।

यसअघि पुस २६ गते लक्की–ड्रमार्फत पहिलो महिनाको भाग्यशाली विजेताको छनोट गरिसकेको कम्पनीले जनाएकाे छ। 

आज सम्पन्न लक्की ड्र कार्यक्रममा उपभोक्तातर्फ प्रथम पुरस्कारबापत दुई भाग्यशाली जोडी बागमती–पोखरा क्षेत्रबाट विकास कोइराला र उपत्यकाबाहिरबाट रामप्रवेश यादवले थाइल्यान्ड भ्रमणको अवसर प्राप्त गरेका छन्। यस्तै दोस्रो पुरस्कारअन्तर्गत दिया लक्ष्मी, शिवराज उप्रेती, साकुरा पावर र रौनककुमार झासहित चार जोडी विजेताले हेलिटुर पुरस्कार जितेका छन्। 

तेस्रो पुरस्कारअन्तर्गत फेवा कन्स्ट्रक्सन, दीपेन्द्रकुमार झा, केशव कुमार, शर्मिला केसी, नितु मानन्धर तथा थप एकजनासहित ६ जनाले आधा–आधा केजी चाँदी  उपहार प्राप्त गरेका छन् भने चौथो पुरस्कारबापत आजजनालाई हिराको औँठी तथा अन्य पुरस्कार, १० जोडीले माउन्टेन फ्लाइट उपहार जितेको कम्पनीले जनाएको छ। 

त्यस्तै, आज सम्पन्न लक्की–ड्र कार्यक्रममा पहिलो लक्की–ड्रमार्फत उपहार जित्न सफल मेची–कोसी क्षेत्रका उपभोक्ता तथा वितरकहरूलाई पुरस्कारसमेत वितरण गरिएको थियो।

हालसम्म लक्की–ड्रबाट उपभोक्तातर्फ ६० जना तथा बिक्रेतातर्फ ८० जना भाग्यशाली विजेता बनिसकेको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार ‘सियोर सर्ट’ पुरस्कारमार्फत एक लाख ५० हजारभन्दा बढीले सुन, चाँदी तथा नगद उपहार प्राप्त गरेका छन्।

शिवम् सिमेन्टले गत १८ मंसिरदेखि ‘शिवमसँग उपहार टन्न’ नामक नेपालकै सर्वाधिक धनराशिको उपहार योजना सार्वजनिक गरेको थियो। जसअन्तर्गत प्रत्येक २० बोरा शिवम् सिमेन्टको खरिदमा ग्राहकले एउटा हात खाली नहुने स्क्र्याच कुपन प्राप्त गरी दुई सयदेखि पाँच सयसम्म नगद वा १५ ग्राम चाँदीको सिक्का वा २.५० ग्रामदेखि ५ ग्रामसम्म सुनको सिक्का वा सुनको सिक्री पक्का उपहार राखिएको थियो।  

सोही कुपनको अर्धकट्टीमा नाम, टेलिफोन नम्बर र ठेगाना लेखी मासिक लक्की ड्र तथा मेघा लक्की ड्रमा भाग लिन सक्ने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ। 


 

ad
ad