
भारतीय विदेशसचिव विनयमोहन क्वात्रा काठमाडौं आइपुगेका छन् । भारतीय वायुसेनाको जहाजमा उनी काठमाडौं आएका हुन् ।
परराष्ट्रसचिव भरतराज पौड्याल र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले क्वात्रालाई त्रिभुवन विमानस्थलमा स्वागत गरे । केहीबेरमा दुई परराष्ट्रसचिवबीच होटेल याक एन्ड यतीमा द्विपक्षीय वार्ता हुँदै छ ।
कनेक्टिभिटी, ऊर्जा व्यापार, कृषि, स्वास्थ्य र संस्कृतिलगायत विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । वार्तामा नेपालले हवाई प्रवेश अनुमति, पञ्चेश्वरको डिपिआर, सीमा वार्तालगायत विषयमा प्रस्ताव गर्नेछ ।