१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २३ आइतबार १o:३o:oo
Read Time : < 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

महिलालाई मन पर्छ यस्ता हेयर डिजाइन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १o:३o:oo

एज कलर 
पछिल्लो समय चलेका हेयर स्टाइलमध्ये एज कलर एक हो । हिजोआज अधिकांश युवतीले कपालमा खैरो र हल्का पहँेलो खालको रङ राख्ने गर्छन् । विशेषगरी, मंगोलियन अनुहार र गोरो छाला भएकाका लागि यस्तो रङ बढी सुहाउँछ । त्यस्तै, गहुँगोरो छाला भएकालाई हलुका निलो र पर्पल कलर राम्रो देखिन्छ । जुनसुकै आकारको कपाललाई पनि कलर गरेर स्टाइलिस बनाउन सकिन्छ । 

स्ट्रेट 
कपाललाई सीधा बनाउने चलनले क्लासिक लुक्स दिने गर्छ । यो एकदमै सजिलो तरिका हो । जस्तोसुकै पहिरनमा पनि यो फिट देखिन्छ । कपाललाई खुला छाड्ने भएकाले मिलाउन सहज र स्याहार गर्न पनि सजिलो हुन्छ । यसमा अगाडिको थोरै कपाललाई पछाडि लगेर पिनले बाँध्नसमेत सकिन्छ । 

मेरी टप नट 
स्टाइलिस देखिनका लागि कतिपय महिला कपाल बाँध्ने गर्छन्, जसलाई मेरी टप नट भनिन्छ । यसमा पोनिटेल अर्थात् घुमाएर बाँध्ने, स्पाइरल, ब्याडलक बनाउने वा माथि जुरो बनाएर बाँध्ने गरिन्छ । सामान्यतया सबै कपाललाई माथि लगेर मुठो पारेर बाँधिन्छ । साथै, आधा बाँधेर र आधा छाडेर पनि फरक लुक्स दिन सकिन्छ । 

फ्रन्ट पफ 
फ्रन्ट पफ स्टाइल युवतीमाझ निकै लोकप्रिय छ । यसमा अगाडिको कपाल अलिकति उठाएर माथि क्लिपले बाँधिन्छ । यसलाइ पफ बनाउने पनि भनिन्छ । आफूलाई मन पर्ने गरी पछाडिको कपाल जुरो बनाउन वा बाट्न सकिन्छ अथवा खुला नै छाड्न सकिन्छ । 

ट्रेडिसनल लुक्स 
ट्रेडिसनल लुक्स पनि युवतीहरूले धेरै रुचाउने गरेका छन् । यसमा कपाललाई दुवैपट्टिबाट बाटेर पछाडि लगिन्छ र पछाडिको कपाल स्टाइलिस गरेर बाटिन्छ । अनि, जुरो बनाएर स्टाइल दिइन्छ । यो खासगरी उत्सव, पर्व वा भोज आदिका लागि उपयुक्त हुन्छ ।

अन्डरकट 
अन्डरकटमा अगाडिको कपाललाई छाडेर दायाँ र बायाँको कपाललाई छोट्याउने गरिन्छ । युवामाझ लोकप्रिय रहेको यो स्टाइल हिजोआज युवतीले पनि अपनाउन थालेका छन् । 

ad
ad