१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २३ आइतबार ११:२५:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन ०८० को फागुनमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार ११:२५:oo

नेकपा एकीकृत समाजवादीले आउँदो ०८० साल फागुनमा पार्टीको राष्ट्रिय महाधिवेशन गर्ने भएको छ। 

शनिबार र आइतबार सम्पन्न पार्टीको केन्द्रीय कमिटीको पाँचौँ बैठकले महाधिवेशनको मिति तय गरेकोे पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए। 

यसैगरी आइतबारको बैठकले शान्ति र स्थायित्वका लागि सक्दो भूमिका खेल्ने तथा पार्टी संगठन सुदृढ गर्न जेठ मसान्तसम्मको कार्ययोजना बनाएर अघि बढ्ने निर्णय गरिएको उनले बताए। 

उनले भने, ‘आगामी ०८० साल फागुनभित्रमा राष्ट्रिय महाधिवेशन गर्ने तथा पार्टी संगठन सुदृढ गर्न जेठ मसान्तसम्मको कार्ययोजना बनाएर अघि बढ्ने निर्णय भएको छ, सोहीअनुसार अगाडि बढ्छौँ।’

ad
ad