मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ माघ २२ आइतबार ०८:४३:००
Read Time : < 1 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

कृषि तथा पशुपक्षी विकासमन्त्री ज्वालाकुमारी साहलाई तीन प्रश्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ माघ २२ आइतबार ०८:४३:००

किसानले सडकमा आफ्ना उत्पादन फाल्न बाध्य हुने अवस्था आउनुलाई कसरी हेर्नुभएको छ ?
यसलाई मैले गम्भीर रूपमा लिएको छु । यसलाई नियन्त्रण गर्न बाहिरको आयात रोक्ने प्रयासमा लागेको छु । ठाउँ–ठाउँमा ल्याब राखेर चेकजाँचमा कडाइ गर्ने तयारीमा छु । अर्कोे कुरा, कृषि उत्पादनका हिसाबले अगाडि रहेको चितवनवासी कृषकको समस्यालाई विशेष ध्यानमा राखेर समाधान गर्नतिर केन्द्रित हुँदै छु । 

किसानले उत्पादनको मूल्य नपाउने, उपभोक्ताले चर्को मूल्यमा खरिद गर्नुपर्ने तर बिचौलिया सधैँ मालामाल हुने स्थितिको अन्त्य कहिले होला ?
यो हाम्रो गम्भीर समस्या हो । यसको नियन्त्रण गरेरै छाड्ने हो । बिचौलियाका हकमा मापदण्ड बनाएर काम गर्ने तयारीमा छौँ । यो विषयमा आइतबारदेखि नै छलफल चलाउँदै छु । त्यसपछि बिचौलियाले जथाभावी मूल्य राख्ने अवस्था हुँदैन । एउटा मापदण्ड बन्छ र त्यो मापदण्डमा बाँधिएर मात्रै बिचौलियाले काम गर्ने अवस्था बन्छ । 

कृषकको स्थिति यस्तो छ, अनि सरकार कृषिक्रान्तिको सपना देखिरहेको छ । सम्भव होला ? 
चुनौती पनि उत्तिकै छ । कृषिक्रान्ति गर्न सहज अवस्था मैले देखिरहेको छैन । परिस्थिति नाजुक नै छ । अर्थतन्त्र पनि अप्ठ्यारो अवस्थामा छ । देशको आर्थिक अवस्था सुधार गर्न अर्थमन्त्री पनि दिनरात लागिरहनुभएको स्थिति छ । हामी एउटा न एउटा निकासमा जान्छौँ । ढुक्क हुनुस्, कृषकको समस्या समाधान गर्न र बिचौलियाको मनपरीलाई रोक्न म आजबाटै एक्सनमा जान्छु । यत्तिकै बस्नेवाला छैन ।