१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ माघ १७ मंगलबार १६:२६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सञ्चारमाध्यमलाई राष्ट्रिय सेवामूलक उद्योगको मान्यता दिइनेछ : प्रधानमन्त्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ माघ १७ मंगलबार १६:२६:००

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सञ्चारमाध्यमलाई राष्ट्रिय सेवामूलक उद्योगसरह मान्यता दिई संरक्षण र संवर्द्धन गर्ने सरकारको नीति रहेको बताएका छन्।

मंगलबार नेपाल टेलिभिजनको ३८औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले सञ्चारमाध्यमको व्यावसायिक र संस्थागत विकासका लागि राष्ट्रिय सेवामूलक उद्योगसरह मान्यता दिने नीति रहेको स्पष्ट पारे। सरकार विचार तथा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक र प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर्न प्रतिबद्ध रहेको उनको भनाइ थियो।

‘वर्तमान सरकार विचार तथा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक एवं प्रेस स्वतन्त्रताको पूर्ण ग्यारेन्टी गर्ने गरी आवश्यक संरचना र पूर्वाधार निर्माण गर्नुका साथै कानुनी र व्यावहारिक सुनिश्चितता गर्न प्रतिबद्ध छ,’ प्रधानमन्त्रीले भने। उनले सरकार आमसञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापना गर्न प्रतिबद्ध रहेको बताउँदै पत्रकारहरूको स्वास्थ्य तथा दुर्घटना बिमाको व्यवस्था गरिने प्रतिबद्धता गरे।