१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ १५ आइतबार
  • Sunday, 11 May, 2025
२o७९ माघ १५ आइतबार १८:५२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्ड काठमाडौंमा, भोलि भेटवार्ता 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ माघ १५ आइतबार १८:५२:oo

अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनको विदेश मन्त्रालयमा राजनीतिक मामिला हेर्ने उपमन्त्री भिक्टोरिया नुल्यान्ड औपचारिक भ्रमणका क्रममा काठमाडौं आइपुगेकी छिन्। नेपालस्थित अमेरिकी राजदूतावासले सामाजिक सञ्जाल फेसबुकमार्फत उनी आइपुगेको जानकारी दिएको हो। 

परराष्ट्र प्रवक्ता सेवा लम्सालका अनुसार अमेरिकी उपमन्त्री नुल्यान्डले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र परराष्ट्रमन्त्री डा. बिमला राई पौड्यालसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ। उनले कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गर्ने तयारी छ। 

अमेरिकी दूतावासका अनुसार नुल्यान्डले नेपाली उच्च सरकारी अधिकारीसँग छलफल गर्नेछिन्। ‘राजनीतिक मामिला हेर्ने उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्डले सरकारी अधिकारीहरूसँग भेटेर बलियो द्विपक्षीय सम्बन्धबारे छलफल गर्ने कार्यक्रम छ। नेपालको विशिष्ट सांस्कृतिक सम्पदामा सहयोग गर्न पाउनु अमेरिकी सरकारको गौरवको विषय हो,’ अमेरिकी राजदूतावासले भनेको छ। 

अमेरिकी विदेश मन्त्रालयमा ३३ वर्ष कार्य अनुभव भएकी उनले जर्ज डब्ल्यु बुस र बाराक ओबामा प्रशसनमा महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै आएकी थिइन्। 

नेपालमा नयाँ निर्वाचनलगत्तै पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा सरकार गठन भएपछि आउन लागेकी उनी पहिलो अमेरिकी उच्च अधिकारी हुन्। यसअघि गत जेठ पहिलो साता तिब्बती शरणार्थी मामिला हेर्ने अमेरिकी उपविदेशमन्त्री उजरा जियाको भ्रमण भएको थियो।