१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार १८:३२:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

विकास गाउँ पसे, नागरिक बजार : गोर्कण बिष्ट

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १८:३२:oo

पूर्वमन्त्री तथा गुल्मी क्षेत्र नं २ का सांसद गोकर्ण बिष्टले आफूहरू गाउँमा घुम्दा र डुल्दाडुल्दै घरहरू खाली भएको बताएका छन्। 

उनले मदन भण्डारी राजमार्गससहितका दर्जनौँ सडक, करोडौँका खानेपानी आयोजना, विद्युत्, विद्यालय र स्वास्थ्यका पूर्वाधार गाउँ–गाउँमा निर्माण भइरहे पनि घरहरू खाली हुँदै जाने बिडम्बना रहेको बताए।

‘वर्षेनी सयौँ परिवार सहर झरेपछि विकास कसलाई गर्ने। अर्बौँको खर्च गरेका पूर्वाधारको दीर्घकालीन उपयोगमा शंका हुन थाल्यो, ’उनले भने, ‘विकास गाउँ पसे नागरिक सहर।’

मालिका गाउँपालिका ८ को मालिका नमुना माविको १२ कोठे भवनको शिलान्यास गर्दै बिष्टले देशको आर्थिक अवस्थाको कारण कम पैसाले धेरै उपलब्धि हासिल गर्नुपर्ने अवस्था रहेको बताए।

राज्यले लगानी गर्नुपर्ने विषय धेरै र आर्थिक अवस्था दैनिक कम्जोर बन्दै गएकाले उपलब्धिपूर्ण विकासका योजना सञ्चालनमा बिष्टले जोड दिए।

निर्माण व्यावसायीले २ वर्षका योजनालाई वर्षौँ अल्झाएर जनतामा निराशा फैलाउने काम गरेकाे बताउँदै मालिका माविको विद्यालय भवन समयमै गुणस्तरीय काम गर्न निर्माण व्यवसायीलाई आग्रह गरे। 

त्यस्तै, बिष्टले स्वदेश र विदेशमा प्रतिस्पर्धा गर्ने खालको शिक्षाको आवश्यक रहेको बताए। गुणस्तरीय शिक्षा नभएको कारण कैयौँ नेपाली जनशक्तिले जोखिमपूर्ण श्रममा परदेशमा पसिना बगाउने आवस्था रहेकाले शिक्षामा लगानी बढाएर भौतिक पूर्वाधारसँगै गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने बताए। 

निर्वाचन क्षणिक अभियान भएकाले विकासमा साझा ढंगले लाग्नुपर्ने बिष्टले बताए। मालिका नमुना माविको भवन श्रेष्ठ कन्स्ट्रक्सनले निर्माण गर्दै छ। यो वर्ष भवनको लागि एक करोड विनियोजन भएको विद्यालयका प्रधानाध्यापक हेमराज पौडेलले बताए। यो आर्थिक वर्षभित्र निर्माण कम्पनीले तोकिको काम गर्नुपर्ने सम्झौता छ। अहिले विद्यालयमा साढे ६ सय विद्यार्थीले अध्ययन गर्दै आएका छन्।

विद्यालय व्यावस्थापन समिति अध्यक्ष कमला अर्यालले भौतिक पूर्वाधार, व्यवस्थापन र शैक्षिक गुणस्तर गरेर तीन विषयमा आफूहरूले काम गर्नुपर्ने बताइन्। मनुना माविको काममा तीनै तहका सरकार र स्थानीयहरूको समन्वय र सहयोग आवश्यक भएकाले विद्यालयको समृद्धिका लागि जुट्न आग्रह गरिन्। 
 

ad
ad