बन्द प्रशिक्षणका लागि छानिए २८ खेलाडी, सन्दीप बाहिरै

शुक्रबार, १३ माघ, २०७९
डिजिटल संस्करण

नेपाल क्रिकेट संघ (क्यान) आइसिसी मेन्स क्रिकेट वर्ल्डकपको लिग टूको त्रिकोणात्मक शृंखलाका लागि २८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । 

बन्द प्रशिक्षणका लागि छानिएका खेलाडीमा कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल, दिपेन्द्रसिंह ऐरी, आरिफ शेख, गुलसन झा, करन केसी, सोमपाल कामी, शरद भेषावकर, ललित राजवंशी छन् । 

यस्तै, विनोद भण्डारी, सागर ढकाल, सुन्दीप जोरा, किशोर महतो, कमलसिंह ऐरी, सिद्धान्त लोहनी, अर्जुन साउद, अविनास बोहरा, सुर्य तामाङ, विवेक यादव, भीम सार्की छन् । 

यसैगरी, कुशल मल्ल, मौसम ढकाल, अनिल साह, विक्रम सोब, भुवन कार्की र अंकित सुवेदी पनि बन्द प्रशिक्षणमा परेका छन् । 

बलात्कारको अभियोगमा जेल परेर धरौटीमा छुटेका नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान सन्दीप लामिछानेलाई भने समावेश गरिएको छैन ।

उनलाई प्रशिक्षणमा फर्काउन क्यानले पहल गरिरहेको थियो । तर, त्यसको सार्वजनिक आलोचना भएको थियो ।

सुझावित समाचार